भाषण गर्दा राष्ट्रपतिको पाइन्टमै पिसाब !

काठमाडौं । कोलम्बियाका राष्ट्रपति जुआन म्यानुअल सेन्टोसले एउटा कार्यक्रममै पाइन्टमा पिसाब गरेका छन् ।
चुनावी भाषणको क्रममा भएको यस्तो घटनाबाट उनको स्वास्थ्यसम्बन्धी प्रश्न उठिरहेको छ ।
६२ वर्षीय जुआन उत्तरी कोलम्बियाको तटीय सहर ब्यारेक्विलामा आफ्ना समर्थकका भाषण दिइरहेका थिए । यसै क्रममा उनको पाइन्टमा पहेँलो दाग देखिन थाल्यो । जुआनले पाइन्ट भिजाएपछि पनि भाषण भने रोकेका थिएनन् ।
त्यहाँ उपस्थित व्यक्तिले जुआनको भिडियो बनाए । त्यो भिडियो अहिले सोसल मिडियामा ‘भाइरल’ बनेको छ ।
उनको २०१२ मा प्रोस्टेट क्यान्सरको सर्जरी गराइसकेका छन् । सर्जरीपछि क्यान्सरबाट मुक्त हुने सम्भावना ९७ प्रतिशत रहेको उनलाई डाक्टरले विश्वास दिलाएका थिए । सर्जरीपछि उनले मिडियालाई आफू पूरै ठीक भएको बताएका थिए । हाबर्ड स्कुल अफ इकोनोमिकका ग्राजुएट जुआन २०१० मा कोलम्बियाको राष्ट्रपति बनेका थिए ।

0 comments

Write Down Your Responses

Powered by Blogger.