विछोडको २९ वर्षपछि आमाछोरीको भेट

एजेन्सी, १२ फागुन । ल्याटिन अमेरिकी मुलुक एल साल्भाडोरमा सन् १९८० को दशकमा भएको गृहयुद्धमा विछोडिएका आमाछोरीको २९ वर्षपछि भेट भएको छ । सन् १९८४ मा यहाँ सेनाले होजाफिना फोरेस्टलाई मार्ने धम्की दिएर आङ्खनी छोरी स्यामारालाई छोड्न बाध्य पारेको थियो । होजेफिनालाई लागेको थियो कि उनीहरूको भेट कहिल्यै हुने छैन ।
तर, एउटा संस्थाको प्रयासमा आमाछोरीले २९ वर्षपछि भेटेका छन् । प्रोबुसकेडा नामको यो संस्थाले १२ वर्ष चलेको गृहयुद्धमा विछोडिएका आफन्तलाई खोज्ने काम गर्छ ।
उनीहरूको विछोडको दिनलाई सम्झँदै होजाफिना आज पनि भावुक हुन्छिन् । भन्छिन्, ‘सेना आउँदा मेरो पतिले मलाई र हाम्रा तीन सन्तानलाई खाल्डोमा लुकाएका थिए । मेरी नन्द र केही बालबालिका पहिले नै खाल्डोमा लुकेर बसेका थिए । एउटा बच्चा रोएको आवाजबाट सेनाले हामी त्यहाँ लुकिरहेको थाहा पायो । उनीहरूले हामीलाई सेन विसेन्टे लगे । उनीहरूले हामीलाई १५ दिनसम्म विसेन्टमा राखे र लगातार मार्ने धम्की दिए ।’
त्यही बेला उनीहरूको विछोड भएको थियो । होजाफिनाले आङ्खनी छोरीलाई भुल्न सकेकी थिइनन् । केही वर्षपछि उनका एक साथीले उनलाई यो संस्थाबारे जानकारी दिइन् ।
भन्छिन्, ‘मेरो एउटा साथीले मलाई प्रोबुसकेडा नामको संस्थाको ठेगाना दियो जसले गृहयुद्धमा विछोड भएका परिवारलाई मिलाउने काम गर्छ । १५ वर्षअघि मैले यहाँ सम्पर्क गरेकी थिएँ र उनले स्यामारालाई खोज्न थाल्यो । सात वर्षअघि उनीहरूले मेरो डीएनए टेस्ट गराए र त्यो स्यामाराको डीएनएसँग मेल खायो । यसले हामी आमा छोरी भएको पुष्टि ग-यो ।
अहिले स्यामारको नाम क्यारोलिना राखिएको छ । उनको विवाह भइसकेको छ र सन्तान पनि छन् । ‘म तीन वर्षकी मात्र थिएँ । एउटा निःसन्तान दम्पतीले मलाई पालनपोषण गरेको थियो । तर, पछि पत्नीचाहिँ गर्भवती भएपछि उनीहरूले मलाई राखेनन्, अर्कै परिवारलाई दिए,’ स्यामारा भन्छिन् ।
अनाथ हुँ जस्तो लागेको थियो स्यामारालाई आङ्खनो परिवारबारे केही थाहा थिएन । उनलाई आफन्तहरू सबै गृहयुद्धमा मारिएको बताइएको थियो । उनलाई लाग्थ्यो उनी अनाथ हुन् । ‘म ऐनाअगाडि बसेर मानिसहरूलाई मेरो अनुहार कोसँग मिल्छ भनेर सोध्थेँ । तर कसैसँग मिल्दैनथ्यो । मेरो बालापन दुःखद रह्यो,’ उनी भन्छिन् ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.