ढोकाबाट छिर्न नसक्ने महिला


तस्वीरमा देख्नुभएको यी महिलाको विशेषता छ, उनी साधारण ढोकाबाट छिर्न सक्दिनन् । उनको हिप ढोकाभन्दा दोब्बर चौडा छ । दुनियाँकै सबभन्दा ठूलो हिप भएकी यिनको नाम मिकेल रफिनेली हो । उनी आफ्नो मोटो हिपप्रति निकै खुसी रहेको बताउँछिन् । ३९ वर्षीय मिकेल अमेरिका निवासी हुन् । चारजना सन्तानकी आमा भइकन पनि उनको मोटोपनाले कुनै असर गरेको छैन । उनी सामान्य महिला झैं फूर्तिली छिन् । उनी किशोर अवस्थामा आफ्नो हिप र तौल सामान्य रहेको बताउँछिन् ।
जब पहिलो बच्चा जन्मियो उनको हिप बढ्दै जान थाल्यो । यो बेला उनी २२ वर्षकी थिइन् । पहिलो बच्चाको जन्मसँगै उनको हिप यति बढ्दै गयो कि उनी ढोकाबाट छिर्न नसक्ने अवस्थामा पुगिन् । उनको एक सय इन्चको हिप ४० इन्चको ढोकामा अड्किन्छ । हवाइयात्रामा जाँदा दुईवटा टिकट किन्नुपर्छ । एउटै सिटमा उनी अटाउँदिनन् । उनको घरको ढोका मात्र होइन, बाथरुम पस्नसमेत सानो ढोकाले अवरोध गर्दछ । उनको लागि छुट्टै र चौडा ढोका भएको कोठा व्यवस्था नभइ कतै जान सक्दिनन् । उनी अहिले सडकमा हिँड्दा सेलिब्रेटीझैं हुन्छिन् । उनको विचित्र कम्मरको फोटो खिच्नेहरुको ताँती नै लाग्छ । कतिले अनुमति मागेर खिच्छन् भने कतिपयले पछाडिबाट लुकेर खिच्छन् । उनको हिंडाइ र मोटोपनाको भिडियो बनाउन खोज्ने पनि निकै हुन्छन् । मिकेल भन्छिन् ‘कतिपयलाई मैले प्लाष्टिक सर्जरी गरे हिप बढाएको सोच्दा हुन्, तर यो प्राकृतिक हो ।’ मोटोपनाले बेलाबखत हैरानी भने दिइरहेपनि उनी मोटाइ घटाउने सोचमा छैनन् । मिकेल अहिले पति रेगी र चार सन्तानसँग लस एञ्जलसमा बस्छिन् । पत्नीको मोटोपनाले आफूलाई कुनै गुनासो नरहेको रेगी बताउँछन् । भन्छन् ‘म मिकेलको शालिन व्यवहारले आकर्षित भएको हुँ, उनको मोटोपनामा मेरो गुनासो छैन ।

0 comments

Write Down Your Responses

Powered by Blogger.