चालकलाई छारेरोगले छोप्दा बस दुर्घटना, १ को मृत्यु

बनियानी (झापा) ।
गुडिरहेको बसको चालकलाई छारेरोग लाग्दा आज एक जनाको मृत्युको भएको छ ।
काकँडभिट्टाबाट जनकपुरका लागि छुटेको बसका चालकलाई धुलाबारीमा छारे रोगले अचानक छोपेपछि बस अनियन्त्रित भई दुर्घटना हुँदा साइकल यात्रीको ज्यान गएको छ ।
मृत्यु हुनेमा झापा दुवागढी–८ घर भएका ४० वर्षीय चक्र राजवंशीलाई बसले ठक्कर दिँदा घाइते भई उपचारका लागि मनमोहन अस्पताल बिर्तामोडमा सम्भव नभएपछि धरान लाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बस चालक कन्काई नगरपालिका सुरुङ्गा–३ घर भएका ४६ वर्षीय मिलन श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.