दुर्घटना गराएको ३१ वर्षपछि चालक पक्राउ

१४ साउन, काठमाडौं । झण्डै ३१ वर्ष अघि १३ वर्षका बालकलार्इ ट्रयाक्टर किचेको घटनामा दोषी ठहर भएका चालक बिहीबार पक्राउ परेका छन् ।
Bhim-Prashad-Gozaभिम प्रसाद गोजालार्इ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले दुवाकोटबाट पक्राउ गरेको हो ।
२१ जेठ ०४१ मा तत्कालिन भक्तपुर नगर पञ्चायत ३, गरुड कुण्डल भन्ने स्थानमा बा.अ.त १०६ नं. को ट्रयाक्टर पावर ट्रीलरले तेज कुमार कोजुको छोरा बर्ष १३ का कृष्ण गोपाललाई किच्दा घटनास्थलमै मृत्यु भएको थियो ।
अदालतले सवारीका चालक तौलाक्षेका भिमप्रसाद गोजालाई दोषी ठहर गर्दै २ बर्ष कैद, एक हजार जरिवानाको फैसला सुनाएको थियो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.