सन्नी लियोनी भन्छिन्-’अब कहिल्यै अश्लील फिल्म खेल्दिँन’
अमेरिकी पोर्न स्टार सन्नी लियोनी बलिउड
आगमनसँगै आफ्नो छवि बदल्न चाहन्छिन् । तर पनि दर्शक तथा मिडियाले उनको
पोर्न छविलाई भूल्न सकेका छैनन् । यसैले पनि सन्नीलाई यस्ता कुराले धेरै नै
हैरानी बनाएको छ ।

सन्नीले भनिन्, ‘म मेरो विगतलाई बदल्न
सक्दिन । तर पनि दर्शकको सोचाई मेरो बारेमा बदलियोस् भन्ने बिषयमा म पूर्ण
रुपमा लागिरहेको छु । म चाहन्न कि अब पोर्न स्टार भनेर कसैले चिनोस् ।’ तर
उनले आफूलाई आफू माथि नै गर्व रहेको बताउँदै ‘जस्तो थिए उस्तै रुपमा रहन
चाहन्छु’ समेत भनेकी छिन् ।
सन्नीले आफूले ‘बिग बोस’मा आएसँगै पोर्न
फिल्म छोडेको भन्दै भनिन्, ‘अब यस्तो फिल्म कहिल्यै गर्दिन ।’ उनले आफ्ना
पतिसँग सम्बन्ध बिगि्रएको खबरलाई गलत भनेकी छिन् । सन्नीले आफुले पतिलाई
धेरै माया गर्ने बताउँदै भनिन्, ‘संसारले सुनोस्, म डेनियललाई कहिल्यै
छोड्दिन ।’
![]() |
0 comments
Write Down Your Responses