यस्तो रहेछ विश्वकप ट्रफी

काठमाडौ, पुस ६ - विश्वकप फुटबलको ट्रफी प्रदर्शनका लागि शनिबार नेपाल ल्याइएको छ । फिफाको विशेष जेट विमानबाट अपरान्ह ल्याइएको ट्रफी एयरपोर्टबाट दशरथ रंगशाला लगिएको छ । ट्रफी हेर्न विमानस्थलमा ठूलो भिड लागेको थियो । त्यस्तै रंगशालामा पनि ठूलो संख्यामा खेलप्रेमीहरु पुगेका छन् ।

ब्राजिलमा सन २०१४ मा हुने विश्वकप विजेतालाई दिइने ट्रफी विश्वकपको पूर्वसन्ध्यामा विभिन्न देशको सहर घुमाउने क्रममा काठमाडौं ल्याइएको हो । ट्रफी भुटान हुँदै नेपाल ल्याइएको छ । राष्ट्रपति रामवरण यादवले ट्रफी उचालेका छन् । राष्ट्रपति यादव विश्वकप ट्रफी उचाल्ने पहिलो नेपाली हुन् ।

ट्रफीलाई विजेता टिमका कप्तान र कुनै देशका राष्ट्रप्रमुखले मात्र छुने वा हातमा लिने प्रावधान छ । रंगशालामा ट्रफी ८ घण्टा जति राखिने छ । रंगशालामा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ ।    
source:ekantipur

,

0 comments

Write Down Your Responses

Powered by Blogger.