विदेश जान नक्कली बिहे, भिसा नआएपछि अंश माग

७ पुस, काठमाडौं । ललितपुरका रमेश र रमा (परिवर्तित नाम) ले डिपेन्डेन्सी भिसामा अस्ट्रेलिया जानका लागि कानुनी विवाह गरे । तर, अस्ट्रेलियाले उनीहरुलाई प्रवेशाज्ञा (भिसा) दिएन् । कानुनी विवाह भइसकेकाले रमाले रमेशसँग अंश माग गर्न थालिन् ।
सँगै कलेज पढेका नीता र निकेश (परिवर्तित नाम) झन्डै साता वर्ष पहिलेदेखि एक-अर्कालाई मन पराउँथे । उनीहरुले पनि कानुनी विवाह गरेर प्रक्रिया अघि बढाइरहँदा निकेशलाई अमेरिकाको डिभी पर्‍यो । नीता भने उनीसँग सम्बन्धविच्छेद गरेर अर्को विवाह गर्न चाहन्थिन् ।
अध्ययन वा रोजगारीका लागि विदेसिने युवाको संख्या बढिरहँदा कानुनी रुपमा मात्र विवाह गर्ने क्रम पनि बढेको छ । विदेसिन सजिलोका लागि कानुनी विवाह एउटा सहज माध्यम बनेको छ । सँगै दीर्घकालीन रुपमा यसको व्यवस्थापन पनि चुनौती र हैरानीको विषय बन्दै गएको छ ।
एक्लै भन्दै सँगै जाँदा खर्च कम लाग्ने भएकाले कानुनी विवाह गरेर डिपेन्डेसीमा विदेसिने क्रम बढेको हो । तर, विदेसिनका लागि कानुनी विवाह भइसक्दासमेत विवाह वास्तविक हो/होइन भन्ने विवाद हुँने गरेको छ । केटा इन्डिपेन्डेन्ट हुँदा केटी डिपेन्डेन्ट र केटी इन्डिपेन्डन्ट हुँदा केटा डिपेन्डेन्ट भिसामा विदेसिने गरेका छन् ।
तर, कानुनी रुपमा मात्र हुने विवाहले उनीहरुलाई विदेशमा गएपछि फकँदामात्र होइन जान नै नमिल्दासमेत समस्या पर्ने गरेको छ । सबैभन्दा रमाइलो कुरा त के छ भने चिनेकै भरका सँगै जानेको मात्र होइन प्रेम सम्बन्ध भएकाको समेत कानुनी विवाह वास्तविक विवाहमा परिणत हुन नसकेका घटना धेरै रहेको राजधानी दैनिकमा खबर छ ।
रमा र रमेशले विदेसिने प्रक्रियाका लागि कानुनी रुपमा विवाह गरे पनि सामाजिक विवाह भएको थिएन । न त पछि विवाह गर्ने नै सोचाइ थियो । आधा आधा पैसा हाल्ने सम्झौताअनुसार नै अस्ट्रेलियाको प्रक्रिया सुरु भएको थियो । केटाको परिवारलाई सबै प्रक्रियाका बारेमा जानकारी थियो । तर, युवतीका परिवारलाई अस्ट्रेलिया जाँदै छिन् भन्ने थाहा भए पनि डिपेन्डेसीमा जान लागेको थाहा थिएन । उनीहरुले विभिन्न परीक्षा दिँदै गए ।
सँगै विदेश जाने योजना अघि नबढेको केही समयपछि कानुनी प्रक्रियाबाट भएको विवाहलाई कानुनी रुपमै अन्त्य गर्न रमेशले सम्बन्ध विच्छेदका लागि रमासँग भने । तर, रमाले सम्बन्ध विच्छेद गर्न मानिन् । उनले कानुनी रुपमा बिहे भइसकेको भन्दै अंशको माग गर्न थालिन् ।
रमेश नेपाल प्रहरीको जावालाखेलस्थित महिला सेलमा प्रेम सम्बन्ध नभएको र विवाह गर्ने कुनै सल्लाह नभएको बताउँदै थिए । आफूलाई व्याकमेल गरेको गुनासो गर्दै उनी आफैं महिला सेलमा न्याय माग्न आइपुगेका हुन् । महिला सेलमा रहेका प्रहरी अधिकारीहरुले पनि कुरा सुन्दा पुरुष नै पीडित भएको पाएको बताए ।
 कानुनी रूपमा विवाह भइसकेकाले सेलले समाधान गर्न सकेन र उनीहरूलाई अदालत पठायो । उता, नीता र निकेशले सम्बन्धलाई पनि अघि बढाउने र भविष्यको योजना बुन्दै कानुनी विवाह गरेका थिए ।
डिपेन्डेसीमा अस्ट्रेलियाका लागि प्रयास सुरु भएसँगै सात वर्ष लामो सम्बन्ध कानुनी विवाहमा परिणत भयो । प्रक्रिया अघि बढिरहँदा निकेशलाई अमेरिकाको डीभी परेपछि नीतालाई पनि लैजाने योजनामा थिए । कानुनी रूपमा विवाह भइसकेकाले कुनै समस्या पनि थिएन । तर, नीताको अरूसँगै विवाह हुन लागेको खबर उनका लागि अपत्यारिलो भयो । नीताले आफू अरूसँगै विवाह गर्न लागेको भन्दै सम्बन्धविच्छेद मागेकी थिइन् । नितेशले आफूले सम्बन्ध चलिरहँदा नै पढाइलगायतका लागि खर्च बेहोरेको भन्दै सम्बन्धविच्छेद गर्न मानेनन् । नीता भने आफूलाई मानसिक पीडा दिएको बताउँदै प्रहरीसम्म पुगिन् ।
‘बाहिर जानका लागि प्रयास गर्न कानुनी विवाह गरेको हो, साँच्चै विवाह गर्ने कुनै सम्झौता थिएन,’ उनले महिला प्रहरीलाई भनिन् । निकेशले भने उनले धोका दिएको बताउँदै थिए । केही वर्षयता यस्ता घटना प्रहरीमा आउने क्रम बढेको सेलमा कार्यरत प्रहरी सहायक निरीक्षक लालमाया खड्का बताउँछिन् । ‘कानुनी रूपमा भएका विवाहलाई वास्तविकतामा बदल्ने वा नबदल्ने पहिले नै सल्लाह भइसकेको हुन्छ । तर, पहिलेको योजना बदलिने गरेका घटना धेरै छन् । प्रेम सम्बन्धका आधारमा नै सँगै विदेशका लागि प्रक्रिया अघि बढेको हुन्छ ।
प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने योजना भए पनि कतिपयमा फर्किएपछि सम्बन्ध अघि नबढाउने निर्णयमा पुगेका घटना पनि छन्,’ उनले भनिन्, ‘कानुनले त विवाह मानेको हुन्छ तर उनीहरू आफैंले र परिवारले पनि विवाहलाई मान्यता नदिएको पाइन्छ ।’ त्यसो त नाटकी विवाह वास्तविकतामा परिणत भएका घटना पनि नभएका होइनन् । यहाँबाट चिनेकै भरमा साथी मात्र भएर वा आफन्तका रूपमा विदेश गएपछि त्यहाँ पुगेर त्यही सम्बन्ध वास्तविकतामा परिणत भएका छन् । केही समय पहिले अमेरिकामा भएका रबिन (परिवर्तित नाम) ले डिपेन्डेसीमा श्रीमतीकी भदैलाई अमेरिका लगेका थिए ।
उनको श्रीमतीले पनि आफू नेपालमा नै राम्रो संस्थामा कार्यरत भएकाले त्यति बेला नै बिदेसिने इच्छा देखाएकी थिइनन् । सबैको सल्लाहअनुसार फुपाजुसँग कानुनी विवाहलगायत सबै डकुमेन्ट पु¥याएर युवती बिदेसिइन् । तर, समय बित्दै जाँदा विवाह वास्तविकतामा बदलिएको थियो । उनकी श्रीमतीले यहीँबाट बहुविवाहको मुद्दा हालिन् । कानुनी रूपमा भएको विवाहका बारेमा पहिले नै सचेत हुनुपर्ने अधिकारकर्मी कला राई बताउँछिन् । यी घटनामा पुरुषका तुलनामा महिला बढी पीडित भएको पाइन्छ । कानुनी रूपमा विवाह भइसकेकाले विदेश पुगेपछि पुरुषले ‘लिभिङ टुगेदर’का लागि दबाब दिने गरेको पाइएको छ ।
यी कुराहरू आउन सक्छ भन्ने महिलाले पहिले नै विचार गर्नुपर्ने उनले बताइन् । ‘कानुनका आँखामा विवाह भइसकेको हुँदा भोलि यो दिन आउन सक्छ भनेर महिलामा जोखिम लिने हिम्मत चाहिन्छ,’ अधिकारकर्मी राईले भनिन्

0 comments

Write Down Your Responses

Powered by Blogger.