'धुम' मच्चाउँदै धुम ३ !

२०१३ को अन्त्य तिर रिलिज भएको धुम ३ ले यसबेला बलिउडमा धुम मच्चाइरहेको छ ।शुक्रबार रिलिज भएको धुम ३ ले यसअघि बलिउडमा प्रर्दशन गरेका फिल्महरुको रेकर्ड तोडदै बक्स अफिसमा धुम मच्चाएको हाे।

प्रर्दशनकै दिन धुम ३ ले ३६ करोडको व्यापार गरिसकेको छ । उसले फिल्म रिलिजकै दिन गरेको यो व्यापारले अन्य फिल्महरुलाई पछाडि धकेलिदिएको हो ।

धुम ३ रिलिजकै दिन हलहरुमा शतप्रतिशत हाउसफुल भएको भारतीय संचार माध्यमले उल्ल्लेख गरेका छन् । पहिलो दिनमै धुमले ३२ करोड हिन्दीबाट मात्रै कलेक्सन गरेको छ । यो फिल्म तामिल र तेलगु भाषामा समेत अनुवाद गरिएको छ ।

यसअघि बलिउडमा सर्वाधिक व्यापार गरी बक्स अफिसको कलेक्सनमा अघि देखिएका चेन्नाई एक्सप्रेस र क्रिस ३ लाई धुम३ ले पछारेको हो । क्रिसले पहिलो दिनमा ३५.९१ करोड र चन्नाईले ३३.१० करोडको व्यापार गरेको थियो । यो व्यापारको आकलनले बलिउडमै अहिलेसम्म भएको बक्स अफिसलाई ब्रेक दिने पक्का छ ।

भारत लगायतका अन्तर्राष्टिय फिल्म हलहरुमा समेत धुम ३ ले राम्रो प्रर्दशन गरेको छ । नेपाली सिनेमा हल तथा मल्टिप्लेक्सहरुमा पनि प्रर्दशनकै दिन हाउसफुल भएको थियो । धुम ३ 'धुम'को सिक्वल हो । यसअघिको निर्माण गरिएको धुममा जोन अब्राहम र धुम २ मा ऋतिक रोशनको मुख्य अभिनय रहेको छ ।

यशराज ब्यानरद्वारा निर्माण गरिएको धुम ३ का मुख्य पात्र आमिर खान, कटि्रना कैफ, अभिसेक बच्चन, ज्याकी श्राप, उदय चोपडा लगायतको भूमिका छ ।

धुम ३ का समीक्षकहरुले ५ मा ४ रेटिङ दिएका छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.