६ महिने जागिरको नतिजा १५ महिनासम्म आएन


पुस, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६ महिनाका लागि अस्थायी पदमा रही काम गर्न भन्दै खुलाएको कर्मचारी भर्ना प्रक्रियाको नतिजा १५ महिना पुगिसक्दासमेत आएको छैन् । मन्त्रालयले गत असोजमा मध्यमाञ्चल विकास क्षेत्रमा रिक्त रहेका पाँच सय १७ वटा विभिन्न प्राविधिक पद (चौथो र पाँचौ तह) मा कम्तीमा ६ महिना काम गर्न भन्दै आवेदन मागेको थियो । ती पदमा चार हजारभन्दा बढीको आवेदन परेको थियो भने त्यति नै संख्यामा मौखिक परीक्षामा सहभागी भएको नयाँ पत्रिकामा खबर छ । गत माघदेखि असारसम्मका लागि भन्दै मागिएका ती पदमा हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, रेडियोग्राफर, ल्याब टेक्निसियन, मेडिकल रेकर्डर असिस्टेन्ट, अहेब, अनमी, ल्याब असिस्टेन्ट, डार्करुम असिस्टेन्ट र कोल्ड चेन असिस्टेन्ट रहेका छन् । गत वर्ष स्वास्थ्य सेवा एन समावेसी नभएको भन्दै लोकसेवा आयोगले रिक्त पदपूर्तिका लागि रोक लगाएपछि मन्त्रालयले क्षेत्रीय कार्यालयलाई अस्थायी कर्मचारी भर्नाको जिम्मा दिएको थियो । प्राविधिक पद भएको र छिटो फिल्डमा खटाउन भन्दै छनोट प्रक्रियासमेत अन्तर्वार्ता मात्रै गरिने बताएको थियो । तर, क्षेत्रीय कार्यालय हेटौंडाले सुरु गरेको छनोट प्रक्रिया विवादित भएपछि ६ महिने प्रक्रिया लम्बिएको हो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.