मैदानमै रोनाल्डिन्होको जुत्ता खोसाखोस् !

काठमाडौं । फिफा क्लब वल्र्डकप फुटबलको सेमिफाइनलमा राजा कासाब्लांकासँग पराजित भएपछि रोनाल्डिन्हो मैदान छाड्ने तयारीमा थिए । सायद उनी जति सक्दो छिटो एट्लेटिको मिनेइरोको चेन्जिङ रुममा जान चाहन्थे ।

तर, उनी राजा कासाब्लांकाका खेलाडीहरुले घेरिए । उनीहरुका लागि स्टार फुटबलर रोनाल्डिन्हो देवता समान थिए । उनीहरुले रोनाल्डिन्होले लगाएको निकको जुत्ता मागे । रोनाल्डिन्होको अनुमतिपछि राजा कासाब्लांकाका खेलाडीहरु आफैंले उनको जुत्ता खोले । २ खेलाडी जसले रोनाल्डिहोको जुत्ता पाए, उनीहरु निकै खुसी देखिन्थे । जुत्ता पाएको खुसीमा उनीहरु मैदानमै नाचेका थिए ।

स्टार फुटबलर रोनाल्डिन्होले गोल गरेपछि आफ्नो क्लब एट्लेटिको मिनेइरोलाई फाइनलमा भने पु¥याउन सकेनन् । ५१ औं मिनेटमा गोल आएको एट्लेटिको मिनेइरोका लागि रोनाल्डिन्होले ६४ औं मिनेटमा बराबरी गोल फर्काएका थिए । तर, ८४ औं मिनेटमा पेनाल्टी गोल गरेको राजा कासाब्लांकाले अन्तिम मिनेटमा गोल गरेपछि खेल ३–१ ले जित्यो ।
बुधबार राति भएको दोस्रो सेमिफाइनलमा ब्राजिलियन क्लब एट्लेटिको मिनेइरोलाई ३–१ ले पराजित गर्दै राजा कासाब्लांका फाइनलमा प्रवेश गरेको छ । अब उसले उपाधिका लागि वार्यन म्युनिखसँग खेल्नेछ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.