रेखालाई छोडेपछि हिरोइन फेर्दै छवि, रजनी पछि पालो शिल्पाको
निर्माता
छविराज ओझा आफ्नो चलचित्रबाट नयाँ नयाँ कलाकार भित्राउन सिपालु मानिन्छन् ।
छविले सिने नगरीमा ल्याएका धेरै कलाकार चर्चामा पनि पुगेका छन् । नायक
आर्यन सिग्देल, रेखा थापा यसका उदाहरण पनि हुन् ।तर
पछिल्लो समयमा नायिका रेखा थापालाई आफ्नो जीवनबाट नै टाढा राखेपछि छवि झनै
जोशिएका छन् । सुरुवातमा त रेखाले छोड्दा केही चिन्तित देखिएका उनी अहिले
भने नयाँ चलचित्रमा नयाँ नयाँ नायिकालाई भित्राउन लागि परेका छन् ।
चलचित्रमा चेतन सापकोटाको संगीत, महाराज
थापाको संगीत संयोजन, किरण खरेलको गीत, मदन काश्यप घिमिरेको छायांकन,
चन्द्र पन्तको द्वन्द्व, कविराज गहतराजको नृत्य रहने छ । यो चलचित्रमा
आर्यन सिग्देल, मिथिला शर्मा, किरण केसी, हिउँवाला गौतमको मुख्य भूमिका
रहने निर्माणपक्षले बताएको छ । यो चलचित्रबाट नव नायिका शिल्पा पोख्रेल
सिने नगरीम भित्रिदै छिन् । शिल्पा म्यूजिक भिडियोमा चर्चित थिइन् ।
छविराज प्रोडक्शनको ब्यानरमा निर्माण हुन
लागेको यो चलचित्रले शिल्पाको करिअरलाई कता तर्फ लैजान्छ, त्यो पछि नै थाहा
हुनेछ । तर रेखा थापालाई सिनेमा र जीवनबाट नै टाढा राखेपछि हिरोइन फेर्ने
छविको यो नयाँ क्रियाकलाप भने हेर्न लायक नै छ ।
0 comments
Write Down Your Responses