सामूहिक बलात्कार अभियोगमा भारतमा तीन नेपालीलाई २० बर्ष जेल


२ पुस, काठमाडौं । सामूहिक बलात्कार अभियोगमा भारतको हिमाञ्चलमा तीन जना नेपालीलाई २० बर्षको जेल सजायँ सुनाइएको छ । हिमाञ्चल भ्रमणमा रहेकी ३० बषिर्य अमेरिकी पर्यटकलाई सामूहिक बलातकार गरेको भन्दै ६ महिनाअघि प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । मंगलबार स्थानीय अदालतले उनीहरु तीनै जनालाई २० बर्ष कैद फैसला सुनाएका स्थानीय प्रहरीलाई उदृत गर्दे समाचार संस्था एएफपीले जनाएको छ । प्रहरीका अनुसार कैद सजायँ पाउने नेपालीहरुमा अर्जुन, लक्की र सोमबहादुर रहेका छन् । उनीहरु तीनै जना ट्रक चालक रहेको बताइएको छ । रिसोर्टमा जान लागेकी ती महिलाले ट्याक्सी नपाएपछि उनीहरुको ट्रकको लिफ्ट लिएकी थिइन् । ट्रक चालकले ती महिलालाई ग्यारेजमा लगेर सामूहिक बालात्कार गरेको उनले प्रहरीसमक्ष बयान दिएकी थिइन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.