वीरगञ्जमा बीच सडकमै लुटपाट, भारतीय लुटेरा पक्राउ

३ पुस, वीरगञ्ज । वीरगञ्जको मेनरोडबाट रकम लुटेर भागेका दुई जना भारतीय लुटेरा पक्राउ परेका छन् । माइस्थान र महावीरस्थान चोकको विचमा रहेको हिमालयन बैँकबाट ३ लाख ७५ हजार २ सय रुपैयाँ झिकेर एनआईसी बैँकमा जम्मा गर्न हिडेका त्रिवेणी ग्रुपका कर्मचारी सन्तोष पाठकको साथमा रहेको नगदसहितको झोला लुटेर भागेकाहरुलाई स्थानीयवासीको सहयोगमा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भारत सिलीगढी राजगञ्ज थाना का ३८ वर्षीय कमलेश ग्वाला र २३ वर्षीय रोहीत ग्वाला रहेका छन् । पुरानो बसपार्क स्थित पुजन होटल अगाडिको बाटोबाटै लुटेराहरुले रकम लुटेका थिए । भारतीय नम्बरको मोटरसाइकलमा सवार लुटेराहरुले पाठकको साथमा रहेको नगदसहितको झोला लुटेर भाग्दै गर्दा आदर्शनगरको मेनरोडस्थित लोहारपट्टी चोकमा ना ९ प १४९२ नम्बरको मोटरसाइकलमा ठोक्किएर लडेपछि स्थानीयवासीले पक्राउ गरेका थिए । पिडित पाठकले आफनो गर्दनमा काउसो छर्केर जबरजस्ती नगदसहितको झोला थुतेर फरार भएकेा बताएका छन् । लुटिएको रकम सहित पक्राउ परेका दुवैलाइ जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर आवश्यक कार्वाही प्रकृया अगाडि बढाइएको पर्साका प्रहरी उपरिक्षक रिधज प्रताप सिंहले बताउनु भयो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.