पाइलटको स्याण्डवीच शौखले बिमान दुई घण्टा ढिला

पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको न्यूयोर्क जानुपर्ने विमान साढे २ घण्टा ढिला उड्यो । अढाइ घण्टासम्म विमानस्थलमा विमान रोकिनु अनौठो होइन । तर यो घटनामा कारण भने अनौठो छ ।

पाकिस्तानी दैनिक द नेशनका अनुसार पाइलटको स्याण्डविच खाने शौखका कारण विमान रोकिएको हो । शनिबार पीके ७११ विमान स्थानीय समय अनुसार विहान ६.४५ मा लाहोरबाट उड्नु पर्ने थियो । विमानका पाइलट नौशादले खानपिन विभागसँग स्याण्डविच माग गरे । कर्मचारीहरुले भने तत्काल उपलब्ध नभएको भन्दै होटलबाट मगाउन पनि दुई घण्टाभन्दा बढी समय लाग्ने जानकारी दिए ।
तर, पाइलटले स्याण्डविचको माग छाडेनन् । उनले जत्ति समय लागेपनि आफूलाई स्याण्डविच चाहने भन्दै बालहठ देखाए । समस्यामा परेका खानपिन विभागका कर्मचारीले कराँचीस्थित पीआईएको मुख्यलयमा खबर गरे ।
अझ रोचक त के छ भने कम्पनीका प्रवन्धकले पाइलटलनाई सम्झाउनुको साटो माग पूरा गर्न भने । समाचारमा जनाइएअनुसार प्रवन्धकको आदेशपछि स्याण्डविचको व्यवस्था गरियो र विहान ९.१५ मा मात्र विमानले उडान भर्‍यो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.