प्याजको भाउ घट्यो, किलोको ४५ रुपैयाँमा कारोबार

काठमाडौमा सुकेको प्याजको भाउ ह्वात्तै घटेको छ । भारत र चीनबाट पर्याप्त आयात भएको र हरियो प्याजको उत्पादन पनि शुरु भइसकेकाले भाउ घटेर पाँच महिना अघिकै अवस्थामा पुगेको बिक्रेताहरुले बताएका छन् ।

थोक बजारमा भारतीय प्याज बुधबार  किलोको ४२ देखि ४५ रुपैयाँमा कारोबार भएको छ । असार महिना लागेदेखि नै काठमाडौमा प्याजको भाउ उकालो लाग्न शुरु गरेको थियो । असोजको अन्त्यतिर झरी परेपछि भारतबाट आउने प्याजको मात्रा घटेसंगै दशैंतिहारका बेला थोक बजारमा नै किलोको १ सय रुपैयाँ नाघेको थियो ।
त्यसयता केही घटबढ भइरहेपनि चार दिन यता भने प्याजको भाउ ह्वात्तै घटेको थोक बिक्रेताको भनाई छ । हिजोआज कालिमाटी थोक बजारमा मात्रै ५० देखि ७० टन प्याज भित्रन्छ । धेरै प्याज भित्रने क्रम बढेसंगै भाउ पनि अब बिस्तारै घट्दै जाने सम्भावना देखिएको छ ।
बुधबार थोक बजारमा आलु सहित सबै जसो तरकारीको भाउ घटेको छ । हिउँदे तरकारीको उत्पादन शुरु भएकाले बजारमा धेरै तरकारी भित्रन थालेसंगै भाउ पनि घट्दै गएको हो । बुधबार आलु २६ देखि ३० रुपैयाँ किलोमा कारोबार भइरहेको छ ।

, , , , ,

0 comments

Write Down Your Responses

Powered by Blogger.