किन रोए कप्तान पारस

१९ मंसिर, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकपमा पुगेको अवसरमा नेपाली टोलीको सम्मानमा आयोजना गरेको कार्यक्रममा एकाएक सन्नटा छायो । क्रिकेट टोलीका कप्तान पारस खड्काले आफूलाई सम्हाल्न सकेनन् । उनी मज्जाले रोए ।

प्रमुख अतिथि मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीसमेत उपस्थित कार्यक्रममा अन्य पाहुनाले पनि आफूलाई नियन्त्रण गर्न सकेनन् । धेरैको आँखा भिजेको थियो ।
‘म प्रायः रुन्न, तर आज आफूलाई रोक्न सकिरहेको छैन,’ नेपाल ट्वान्टी-२० विश्वकपमा पुगेको खुसी मनाउन आयोजित कार्यक्रममा मन्तव्य राख्दाराख्दै पारस झन भक्कानिए ।
क्यानका महासचिव अशोकनाथ प्याकुरेलले त्यसलाई जितमा बगेको खुसीको आँसु भनेर अथ्र्याएपछि मात्रै माहोल सम्हालियो ।
‘हामी सबै भन्छौं देश विकास गर्ने, देश बनाउने भनेर । देश बनाउने के गर्नुपर्दो रहेछ, अहिले थाहा पाइरहेकाछौं ।’ पारसले रुँदै प्रशिक्षक पुबुदु दासानायकेको प्रशंसा गरे, ‘धन्यवाद छ हाम्रा प्रशिक्षकलाई । एउटा मान्छेको भिजनले हामी यति गर्न सक्छौं भन हामी अझै अघि बढ्न सक्छौं । नेपाली क्रिकेटले पाएको सफलताको मुख्य श्रेय उनले प्रशिक्षक दासानायकेलाई दिए ।
नेपाली क्रिकेट टोली र प्रशिक्षक दासानायाकेलाई हामी गर्न सक्छौं भन्ने आधारका रुपमा मान्नुपर्ने उनले बताए । ‘खाली आफूमा विश्वास हुनु पर्‍यो, हामी अगाडि बढ्न सक्छौं भनेर । सबै मिलेर अगाडि बढ्ने हो भने हामी धेरै राम्रो गर्न सक्छौं,’ उनले गर्भसाथ भने, ‘हामीले देशका सबैलाई खुसी पारेका छौं, त्यसका लागि हामी गर्व गछौं । भविष्यमा जसरी होस् नेपालीलाई खुसी पार्न सक्दो प्रयास गर्नेछौं ।’
त्यसअघि राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्यसचिव युवराज लामाले खेलाडीहरुले सीमित स्रोतसाधनका बाबजुद यत्रो नतिजा ल्याएको भन्दै आँखाभरि आँसु पारेका थिए । जसले लगत्तै आफ्ना् भनाई राख्ने पारसलाई झन् भावुक बनाएको थियो ।
कार्यक्रममा गृहमन्त्री माधव घिमिरेले तीनवटा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउन राखेपसँग प्रस्ताव मागिसकेको र बंगलादेशमा हुने ट्वान्टी-२० विश्वकपमा नेपालको आवश्यक तयारीमा कुनै कमिकमजोरी हुन नदिन युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिइसकेको बताए ।
क्यानले नेपाली टोलीका सबै २० सदस्यलाई जनही १ लाखको चेक कार्यक्रममै प्रदान गरेको थियो । कार्यक्रममा पूर्व खेलाडी शक्ति राणाले नेपाली टोलीका सबै सदस्यलाई जनही ११ हजार प्रदान गर्ने घोषणा गरे । क्यानका अध्यक्ष टंक आङबुहाङले संघले आफ्नो तर्फबाट सक्दो गरेको र नेपाली क्रिकेटको स्तर माथिल्लो तहमा पुगेकाले त्यसलाई अगाडि बढाउने जिम्मेवारी सरकारको पनि भएको बताएको नागरिक दैनिकमा खबर छ ।
- See more at: http://www.onlinekhabar.com/2013/12/141752/#sthash.tywc40Gb.dpuf

0 comments

Write Down Your Responses

Powered by Blogger.