महानगरभित्र अब निःशुल्क पार्किङ

१९ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले पुस १ गतेदेखि पार्किङ निःशुल्क बनाउने भएको छ । यो निर्णयसँगै नयाँबानेश्वर, प्युखा, खिचापोखरी, पिपलबोट, न्युरोड, कालीमाटी, चावहिल, महाराजगञ्ज र कमलादी क्षेत्रमा पार्किङको शुल्क तिर्नु पर्दैन ।
शुक्रबार बसेको बोर्ड बैठकले अर्को व्यवस्था नभएसम्मका लागि यस्तो निर्णय गरेको महानगरका कार्यकारी अधिकृत लक्ष्मण अर्यालले जानकारी दिएको कारोबार दैनिकमा खबर छ ।
स्थानीय स्वायत शासन ऐन ०५५ र नियमावली ०५६ का प्रावधानअनुरुप महानगरले पार्किङ शुल्क लिइ व्यवस्थापन गर्दै आएको थियो । सशुल्क पार्किङ गर्ने व्यवस्था असार मसान्तमै सकिएकाले अहिले निःशुल्क बनाइएको अर्यालले बताए । महानगरले सवारी पार्किङ अनुगमन तथा व्यवस्थापन कार्यदलसमेत गठन गरेको छ ।
अल्पकालीन निःशुल्क पार्किङ व्यवस्थापनका लागि प्रारम्भविन्दु र अन्तिममा बिन्दुमा सूचनापाटी राखिने छ । पार्किङका लागि निश्चित क्षेत्रमा रेखाचिन्ह र सूचनापार्टी पनि राखिने छ । उक्त रेखा बाहिर पार्किङ गरेर राखिएको पाइएमा एक हजार रुपैयाँ जरिवाना गर्ने अर्यालले जानकारी दिए ।

0 comments

Write Down Your Responses

Powered by Blogger.