छोरी बेचेर आईफोन किन्ने दम्पती
चीनमा एक दम्पतीले एप्पलको आईफोन किन्नका लागि आफ्नी छोरीलाई बेचेका छन् ।
छोरी बेच्ने दपम्तीमाथि मानव बेचबिचखको अभियोगमा सांघाईको एउटा अदालतमा मुद्दा दायर गरिएको छ ।
ती दम्पतीले आफ्नी तेश्रो छोरीलाई
अनलाइनमार्फत अरुलाई दिएको र त्यसको बदलामा पैसा लिएका थिए । उनीहरुले कति
रकम लिए भनने एकीन नभएपनि ३० देखि ५० हजार युआन अर्थात ५ देखि ८ लाख
रुपैयाँ लिएको अनुमान छ ।
उनीहरुकी छोरी लिने व्यक्तिले दिएको
पैसाले दम्पतीले आइफोन, स्पोर्टस सुज र अरु आवश्यक सामान किनेकी थिईन् ।
बच्चा विक्री गर्ने दम्पतीको परिचय भने सार्वजनिक गरिएको छैन ।
ती दम्पतीले भने छोरी नबेचेको दावी गरेका
छन् । पहिल्यै आफ्ना दुई वटा सन्तान भइसकेकाले राम्रो पालन पोषण र भविष्यका
लागि छोरी अरुलाई दिएको बताएका छन् ।
चिनियाँ यूवा युवतीहरुमाझ एप्पलका आइफोन,
आइप्याडलगायतका सामान निक्कै लोकप्रिय छन् । कतिपय यूवा युवतीले त यी सामान
किन्नका लागि आफ्नो मृगौलासमेत बेच्ने गरेको पाईएको छ ।
0 comments
Write Down Your Responses