मेस्सी उत्कृष्ट, रोनाल्डो भ्यालुएवल प्लेयर

मंसिर, काठमाडौं । बार्सिलोनाका स्टार लिओनल मेस्सी स्पेनिस ला लिगाको उत्कृष्ट खेलाडी र र स्ट्राइकर घोषित भएका छन् । मोष्ट भ्यालुएवल प्लेयरको उपाधि भने रियल मड्रिडका क्रिष्टियानो रोनाल्डोले पाएका छन् ।

फिफाको बालोन डि’ओर अघि ला लिगाले गत सिजनका उत्कृष्ट खेलाडीहरुलाई सम्मान गरेको हो । रोनाल्डोलाई बालोन डि’ओरको मूख्य दावेदारका रुपमा हेरिएको छ । यो सिजन मेस्सीले चोटका कारण धेरै खेल गुमाएका छन् भने रोनाल्डो लयमा देखिएका छन् ।
बार्सिलोनाका आन्द्रे इनिष्टा वेष्ट अट्याकिङ मिडफिड्यर घोषित भएका छन् भने रियल मड्रिडका सर्जिओ रोमोर डिफेण्डर र रियल सोसिडाडका एजियर वेष्ट मिडफिल्डर र सरप्राइज प्लेयर घोषित भएका छ । एथ्लेटिको मडि्रडका प्रशिक्षक डिएगो साइमन उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.