क्याम्पस प्रमुखलाई कालो मोसो दल्ने तीन प्राध्यापक पक्राउ


२ पुस, धनकुटा । धनकुटा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा.गोपालबहादुर भट्टराईलाई कोलोमोसो दलेर कुटपिट तथा दुव्र्यवहार गरेको आरोपमा तीन जना प्राध्यापकहरुलाई प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन विश्वविधालय अन्र्तगत क्याम्पस प्रमुखहरुको बुटवलमा हुने दुई दिने भेलामा सहभागी हुन जान लागेका भट्टराईलाई धनकुटा नगरपालिका-३ बाख्रेखोला नजिक कालोमोसो दल्दै कुटपिट गरेको आरोपमा प्राध्यापकहरु नन्द न्यौपाने, शम्भु खतिवडा र किरण घिमिरेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायब उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो । क्याम्पस प्रमुख भट्टाराईमाथि र्दुव्यावहार भएपछि उनकी श्रीमति हिमादेवी बस्नेत भट्टाराईले आफ्नो श्रीमान्लाई कालोमोसो दलेर र्दुव्यावहार गर्ने तथा कुटपीट गर्ने प्राध्यापकहरुमाथि कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिनु भएको छ । सोही किटानी जाहेरीको आधारमा घटनाका आरोपीतहरुलाई धनकुटा बजारबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयो । एकबर्षदेखि क्याम्पस प्रमुखको कार्यशैलीप्रति असहमति जनाउँदै आन्दोलनमा उत्रिएका प्रगतिशिल समुहका प्राध्यापकहरु मंसिर २६ गते क्याम्पस प्रमुखले थप १३ जना आंशिक शिक्षक नियुक्ति गरेपछि प्राध्यापकहरु थप आक्रोशित बनेका थिए ।

0 comments

Write Down Your Responses

Powered by Blogger.