उमेर लुकाउँदै केकीले मनाइन् जन्मदिन

नेपाली सिनेमाकी चर्चित एवं सुन्दर नायिका केकी अधिकारीले आज आफ्नो जन्मदिन मनाएकी छिन् । पौष २ गते चलचित्रकर्मी र पत्रकारको बिचमा रहेर केकीले उल्लासपूर्ण तबरले जन्मदिन मनाएकी हुन् ।चलचित्र ‘बितेका पल’ यूनिटले आयोजना गरेको पत्रकार सम्मेलनमा केकीले आफ्नो जन्मदिन मनाएकी हुन् । जन्मदिन मनाउँदै गर्दा नायिका अधिकारी निक्कै खुशी देखिएकी थिइन् ।

 ‘बितेका पल’ यूनिटले उनका लागि केकको व्यवस्था गरिदिएको थियो । चलचित्रको निर्माण यूनिटले उनलाई गिफ्ट समेत दिएको थियो । गतबर्ष चलचित्रको छायांकनका क्रममा दार्जलिङमा जन्मदिन मनाएकी केकीले यसबर्ष बितेका पल यूनिटसागै नेपालमा आफ्नो बर्थडे सेलिब्रेशन गरेकी हुन् । 


केक काटेर केकीले सबैभन्दा पहिला निर्देशक सुरज सुब्बा ‘नाल्बो’, निर्माता राजेश घतानीलाई ख्वाएकी थिइन् ।  नायक बाबु बोगटी र केकीले एक अर्कालाई केक ख्वाउँदाको दृश्य निक्कै रोचक बनेको थियो ।
केकीले जन्मदिनमा उमेर लुकाउँदै १६ बर्ष माथि बताएकी थिइन् । नेपाली सिनेमा नगरीमा निक्कै साधारण र मिहिनेती नायिकाको रुपमा चिनिएकी केकीलाई जन्मदिनको अवसरमा हाम्रो तर्फबाट पनि शुभकामना ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.