वीर्य तस्करीबाट जन्मियो पहिलो बच्चा

मान्छेलाई इच्छामात्र हुनुपर्छ, त्यसलाई पूरा गर्ने विधि अनेक निस्कन्छन् । चाहे जस्तोसुकै प्रतिकुल अवस्था किन नहोस् ।
इजरायलकी एक महिलाले हालै आमा बन्ने उत्कट चाहना पूरा गरेकी छिन, त्यो पनि तस्करीबाट प्राप्त वीर्यमार्फत् । वीर्य तस्करी गर्नु उनको रहर नभई बाध्यता हो । यसका पछाडि उनको पीडादायी कथा पनि लुकेको छ ।
इजरायल पोष्टका अनुसार हाना अल–जानेन र तामेरबीच २००६ मा विवाह भएको थियो । विवाहको तीन महिनापछि तामेर पक्राउ परे । इजरायली मानिसको हत्याको आरोपमा उनलाई १२ वर्षको जेल सजाय सुनाइयो ।
हनिमुन नसकिँदै जीवनसाथीको पक्राउले हानालाई जति दुःखी बनाएको थियो, त्योभन्दा बढी आमा बन्ने चाहना पूरा नहोला कि भन्ने चिन्ता पनि थियो । हानाले पटक–पटक पतिसँग भेटाइदिन जेल प्रशासनलाई आग्रह गरे पनि सुरक्षाको कारण देखाउँदै सुनुवाइ भएन ।
त्यसपछि तामेरले आफ्नो वीर्य श्रीमतीसमक्ष पुर्‍याउन तस्करको सहायता लिए । श्रीमानले जेलबाट पठाएको वीर्यमार्फत् हाना चिकित्सकको सहयोगमा गर्भवती भइन् । गत शुक्रबार उनको छोरा जन्मिएको छ । गाजापट्टीमा यो प्रयोग पहिलो भएको बताइएको छ ।
हानाले अस्पतालबाट दिएको बयानमा भनेकी छन्–‘हामीले प्रमाणित गरेका छौं कि तपाई कसैलाई पनि आमा बन्ने अधिकारबाट रोक्न सक्नुहुन्न ।’
इजरायलको गाजापट्टीका कैदीहरुलाई परिवारसँग भेट्ने अनुमति छैन, जहाँ करिव ५ हजार कैदी छन् ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

,

0 comments

Write Down Your Responses

Powered by Blogger.