महिलाले बनाए आफ्नै दूधबाट साबुन
चीनमा
केही महिलाहरुलेआफ्नो दूधबाट साबुन बनाउन थालेका छन् । शिशुलाई चुसाएपछि
बाँकी रहेको दूधबाट उनीहरुले साबुन बनाउन थालेको ताइवानी समाचार संस्था
वान्ट चाइना टाइम्सले जनाएको छ ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला
चिनियाँ अनलाइन मिडियामा महिलाको दूधबाट
निर्मित साबुनको बिक्री प्रवर्द्धनको बारेमा विज्ञापनसमेत आइरहेको छ ।
साबुन निर्माताहरुले गरेको दावीअनुसार यस्ता साबुनबाट छाला गोरोपन तथालामो
समय सुरक्षित राख्न सकिने हुन्छ ।
महिलाको दूधमा प्रचूर मात्रामा पोषकतत्व
रहेको हुन्छ । तर साबुन निर्माण गर्दा रासायनिक प्रतिक्रियाभई यसको गुण
नष्ट हुने चिकित्सकहरु बताउँछन् । त्यहीभएर चिकित्सकहरुले महिला दूधबाट
निर्मित साबुनको बारेमाखासै उत्साह देखाएका छैनन् । केही चिकित्सकहरु भने
रासायनिक प्रतिक्रियाको क्रममा पोषण गुणका केही अंश कायम रहन सक्ने दावी
गर्छन् ।
महिलाले आफ्नो दूधको व्यापारीकरण गरेकोमा
स्थानीय प्रशासनले भने आपत्तिजनाएको छ । “साबुनबनाउने वादूधको व्यापारीकरण
गर्नु किमार्थ राम्रो मान्न सकिँदैन”चिनियाँ प्रशासनले भनेको छ “आइन्दा
यस्तो घटना देख्न र सुन्ननपरोस् ।”
|
0 comments
Write Down Your Responses