एमाले–एमाओवादी नजिकिँदै

काठमाडौं । माघ २,  संविधानसभाको पहिलो बैठक आउनै लाग्दा दुई ठूला वामपन्थी दल एमाले र एमाओवादी नजिकिएका छन् । यसअघि तिक्त सम्बन्ध रहेका दुई दल ताजा जनादेशबमोजिम राष्ट्रपतिको नयाँ चुनाव गर्नुपर्नेमा मत मिलेपछि निकट भएका छन् ।

एमलो केन्द्रीय समिति बैठकले राष्ट्रपतिको नयाँ चुनाव हुनुपर्ने निर्णय गरिसकेको छ । एमाओवादीको बिहिबारदेखि बस्ने केन्द्रीय समिति बैठकले राष्ट्रपतिको नयाँ निर्वाचन हुनुपर्ने निर्णय गर्ने नेता जनार्दन शर्माले बताए ।

एमाले सचिव युवराज ज्ञवालीले कसैसँग टाढा र नजिकको सम्बन्ध नभएको दाबी गर्दै एमाओवादीसँग निकटता बढेको स्वीकार गरे । ‘राष्ट्रपतिको निर्वाचनमा एमाओवादीसँग नजिक भएको हो । अर्को विषयमा अर्काे पार्टीसँग मिल्छ ।’

चुनावपछि एमाओवादी नेता बाबुराम भट्टराई मात्र एमालेभित्र मध्यम नेतृत्वमा धेरै राष्ट्रवादी नेता रहेको अभिव्यक्तिसहित उसप्रति लचिलो देखिएका थिए । दस दिनअघि बबरमहलमा बसेको दुई दलका शीर्ष नेताको बैठकमा दुई दल नजिकिएर जाने सैद्दान्तिक सहमति भएको समाचार आजको अन्नपूर्ण पोष्टले प्रकाशित गरेको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.