आरसिटी र ब्वाइज युनियन रेलिगेसनमा

काठमाडौं– जावलाखेल युथ क्लबको जितसँगै ब्वाइज युनियन क्लब र आरसिटी ए डिभिजनबाट रेलिगेसनमा परेका छन्। राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगको भर्खरै सम्पन्न खेलमा आरसिटीलाई हराउँदै जावलाखेल युथ क्लब भने रेलिगेसनबाट जोगिएको छ। अारसिटी मनाङ मर्स्याङ्दीसँगै सर्वाधिक ६ पटकको लिग च्याम्पियन हो।

दशरथ रंगशालाबाट नागरिककर्मी विनोद पाण्डेले जनाएअनुसार जावलाखेललाई बी डिभिजनमा घटुवा हुनबाट जोगाउन खेलको ८५ औं मिनेटमा राम थापाले गोल गरेका हुन्। यो जितसँगै ११ खेलको समाप्तिमा जावलाखेलको १३ अंक भएको छ। लिगमा १ खेल मात्र खेल्न बाँकी रहेको आरसिटीको ४ अंक छ। जावलाखेलको जितले रेलिगेसनबाट जोगिने ब्वाइज युनियनको आशा पनि समाप्त भएको छ। दुई खेल खेल्न बाँकी रहेको ब्वाइज युनियनको ४ अंक मात्र छ।

0 comments

Write Down Your Responses

Powered by Blogger.