दाइजोमा सभासद् उपहार

२० माघ, काठमाडौं । तराई मधेस लोकतान्त्रिक पार्टीबाट समानुपातिक सभासद्मा मनोनयन भएकी इन्द्रा झा तमलोपा अध्यक्ष महन्थ ठाकुरकी हुनेवाल सम्धिनी हुन् । झाका छोरा र ठाकुरकी छोरीको बिहे पहिले नै तय भइसके पनि गोप्य राखिएको छ । इन्द्राका पति उमाकान्त बहालवाल सिँचाइमन्त्री हुन् ।

ठाकुरकी छोरी मीनाक्षी र झाका छोरा अभिनाशको बिहे आगमी फागुनमा हुँदैछ । बिहेको मिति फागुनको अन्तिम साता तोकिएको छ । तर, यो बिहेलाई दुवै पक्षले सकेसम्म गोप्य राख्ने प्रयास गरेका छन् । हुनेवाला सम्धिनीलाई समानुपातिक सभासद्मा सिफारिस गरेको भन्दै तमलोपाका केही असन्तुष्ट नेताले पार्टी अध्यक्ष ठाकुरको आलोचना गर्न थालेपछि बिहेको मिति दुवै पक्षले केही पर सारेका थिए । केही असन्तुष्ट नेताले दाइजोस्वरुप झालाई सभासद् बनाएको पनि बताउने गरेका छन् ।
स्रोतका अनुसार तमलोपाबाट इन्द्रा झाको नाम समानुपातिकमा सिफारिस हुनुभन्दा पहिले नै ठाकुर र झा परिवारबीच बिहेवारीको सहमति भएको नयाँ पत्रिकामा खबर छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.