आँखाको नानीमा टाटु बनाएर मख्ख (फोटोफिचर सहित)

मानिसले सरीरका विभिन्न ठाउँमा टाटु बनाउँछन् । तर अमेरिकाका एक मानिसले भने आँखाको नानीमै टाटु बनाएका छन् ।
न्युयोर्कका विलियम वाट्सनले निकै दुर्लभ कस्मेटिक सर्जरी गरी आफ्नो आँखामा टाटु खोपाएका हुन् ।




बच्चा छँदा भकुण्डोले आँखाले लागेर देब्रे आँखाको दृष्टि गुमाएका वाट्सनले सोही आँखामा टाटु बनाए । उनको देब्रे आँखाको दृष्टि नहुनुका साथै आँखा समेत पूरै सेतो बनेका कारण धेरैले आफुलाई होच्याएको अनुभव गरी उनले आँखामा टाटु बनाएका हुन् ।
टाटु खोप्दा उनको आँखाभित्र सिरिन्जद्वारा कालो पदार्थ पठाइएको छ । जसको कारण सेतो रहेको उनको आँखाको नानी कालो तथा सामान्य देखिएको छ ।
पार्क एभ सेफ साइटका डाक्टर इमिल चिन र टाटु कलाकार सि जे पेन्टोले वाट्सनको आँखाको नानीमा टाटु बनाइदिएका हुन् ।
आफ्नो आँखामा टाटु बनाउनुअघि वाट्सले भनेका थिए, ‘यो धेरै ठूलो परिवर्तन ठहर्नेछ । मेरो आँखामा अब च्यातिएका तन्तु हुनेछैनन् र मैले मानिससँग आँखामा आँखा जुधाएर कुरा गर्न सक्नेछु, मेरो आँखा देखेर कसैले पनि केही सोध्नेछैनन् । ‘

0 comments

Write Down Your Responses

Powered by Blogger.