दुइ दिनमा काँचुली फेरिरहने बालकको दर्दनाक कथा (फोटोफिचर सहित)

उनको नाम नै सर्प केटो रहन गएको छ । उनलाई यसो भनिनुको कारण छ । उनको सरीरले दुइ दिनको एकचोटी काँचुली फिर्छ ।
इण्डोनेसियाका अरी विबोओ नामका किशोरले हरेक घण्टामा आफ्नो सरीर पानीले भिजाउनुपर्छ र लोसन दलिरहनुपर्छ । यसो नगर्ने हो भने उनले जिउमा पैदा हुने काँचुली उप्काउनै गाह्रो हुन्छ र निकै दुख्छ । हरेक ४१ घण्टामा उनको जिउबाट छालाको बाहिरी पत्र काँचुलीको रुपमा निस्किन्छ ।

उनको यो समस्यालाई इराइथ्रोडर्मा अर्थात् रेड म्यान सिन्ड्रोम भनिन्छ । काँचुली फेरिरहने छालाका कारण उनको जिउ नै निकै असाधारण बनेको छ । फोटोग्राफर नुर्कोलिस अहरीले सर्पजस्तो काँचुली फेर्ने यी युवकको व्यथालाई वृत्तचित्रमा उतारेका छन् । उनको यस्तो रोगले उनी आफैलाई मात्र होइन परिवारका सबै सदस्यलाई नै पिरोलेको छ । तरपनि दुख लुकाएर सामान्य बन्ने कोसिसमा छन् उनका परिवार । गाउँका अरु मानिसहरुले हेला गर्दा उनलाई निकै दुख लाग्छ र स्कुलमा साथीभाइले समेत घिन मान्छन् । केही विद्यालयले त उनको छालाको रोग सर्ने भन्दै भर्ना लिन समेत मानेनन् । गाउँलेहरुका अनुसार अरीका आमाले गर्भवती छँदा छेपारोलाई चलाएको र दुख दिएको हुँदा अरीको हालत त्यस्तो भएको हो ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.