महिलालाई ‘सेक्स’ को प्रस्ताव राख्दा मुक्का खाएर पुरुष ढले बीच सडकमा

महिलाको सँधै सम्मान गर्नुपर्छ’, यो हामीले सँधै सिक्दै आएको कुरा हो । यही सत्यलाई एक पुरुषले नबुझ्दा बीच सडकमा नपाउने दुःख पाउनु परेको छ ।   घटना हो पूर्वी कजाकिस्तानको शहर अट्र्याउको । एक ३२ वर्षीय पुरुषले दुई महिलालाई यौनकर्मी ठानेर सेक्सको लागि प्रस्ताव गर्दा यस्तोे घटना घटेको हो ।   आफ्नो साथीहरुसँग क्लबमा रमाइलो गरेका निक्लेका ती पुरुषले क्लब बाहिर दुई जना महिला देखेर तिनलाई यौनकर्मी ठान्छन् । उनीहरुको छेउमा गएर सेक्सको प्रस्ताव पनि राख्छन् । ‘सेक्सको लागि कति पैसा लिने?’ भनेर मोलमलाई पनि गर्न खोज्छन् ।

 तर, त्यसपछि जे भयो त्यसको सायद उनले कल्पाना समेत गरेका थिएनन् होला । दुई जना मध्ये एक महिलाले उनलाई एक मुक्का हन्छन् र उनको यौनाङ्गमा एक लात पनि हिर्काउँछन् । एक्कासी आफूमाथि प्रहार भएपछि ती पुरुष बेहोस् भएर भुइँमा लड्छन् । ती महिलाहरु भने केही नभएको जस्तो गरी त्यहाँबाट हिँड्छन् ।   प्रहरीले यस घटनाको बयान गर्दै ती महिलाले पक्कै पनि कुनै मार्सल आर्टस् जानेको अनुमान गरेको छ ।   घटनापछि ती पुरुषलाई अस्पताल लगिएको थियो ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.