सार्कका पाहुनालाई ‘नो लोडसेडिङ’

२ मंसिर, काठमाडौ । काठमाडौमा हुन लागेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को १८ औं शिखर सम्मेलन अवधिभर विदेशी पाहुना बस्ने र ओहोरदोहोर गर्ने क्षेत्रमा लोडसेडिङ नहुने भएको छ ।
नेपाल विद्युत प्राधिकरणले मुलुकको प्रतिष्ठासँग गाँसिएको भन्दै विदेशी पाहुना बस्ने र ओहोरदोहोर गर्ने क्षेत्रमा लोडसेडिङ नगर्ने भएको हो ।
काठमाडौ उपत्यका र आसपासका क्षेत्रमा दैनिक पाँच घण्टासम्म लोडसेडिङ् गर्दै आएको प्राधिकरणले सार्क सम्मेलन अवधिभरका लागि लोडसेडिङ नगर्ने भएको राजधानी दैनिकमा खबर छ ।
प्राधिकरणका अनुसार कुलेखानी जलाशयलार्य पूर्ण रुपमा सञ्चालनका साथै भारतबाट समेत विजुली आयात गरेर लोडसेडिङ नगर्ने लक्ष्य प्राधिकरणको छ । हाल दैनिक पाँच घण्टा लोडसेडिङ भने पनि त्योभन्दा कम गर्दै आएको छ ।
नेपालसहित सार्कका आठ र पर्यवेक्षक एक गरी नौ राष्ट्रका प्रतिनिधिको बसोबास रहने तथा उनीहरुले रिटि्रट गर्ने र ओहोरदोहोर गर्ने सवै क्षेत्रमा लोडसेडिङ नगर्ने ब्यवस्था गरिएको प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले जानकारी दिए ।

0 comments

Write Down Your Responses

Powered by Blogger.