सलमान र साहरुख एउटै अंगालोमा

मुम्बई । बलिउडका चिर परिचित प्रतिद्वन्द्वी सलमान खान र शाहरुख खानले फेरि एकपटक अंगालो बाँधेका छन् । करिव ६ वर्ष बोलचाल बन्द गरेर बसेका यी दुई खानले अघिल्लो बर्ष गरेको अंकमाललाई धेरैले मिडिया स्टन्ड ठानेका थिए ।

तर, यसपटक उनीहरुले त्योभन्दा एक कदमअघि बढेर मित्रताको सन्देश दिएका छन् । सलमानकी बहिनी अर्पिता खानको बिबाहअघिको संगीत समारोहमा पुगेका शाहरुखले सलमानकी बहिनी अर्पितालाई चुम्बन गर्दै सलमानसँग अंकमाल गरे । सलमान र शाहरुख दुवैले एकैपटक अर्पितालाई चुम्दै गरेको तस्वीर यतिबेला इन्टरनेटमा भाइरल बनिरहेको छ । यो तस्वीर अर्पिताले पहिलोपटक आफ्नो इन्स्टाग्राममा अपलोड गरेकी थिइन् । कुनै बेलाका असल मित्र थिए सलमान र शाहरुख । सलमानकी बहिनी अर्पितालाई शाहरुखले निकै माया गर्दथे पनि । अर्पिता आफ्नै काखमा हुर्किएको भन्दै शाहरुख उनको बिबाह समारोहमा सहभागी भएका हुन् । उनको बिबाह आयुश शर्मासँग मंगलवार हैदराबादमा हुँदैछ भने रिसेप्सन नोभेम्बर २१ मा मुम्बईमा हुनेछ ।

  बहिनीको बिहेमा बुहारीसँग नाच्दै सलमान
 अर्पिताको बिबाहलार्इ भब्य बनाउन सलमानले बुहारी मलाइका अरोरासँग नृत्य गर्ने भएका छन् । मंगलवार सम्पन्न हुने बिवाहलाई भब्य बनाउनकै लागि खान खान्दानले आफन्तहरुलार्इ निम्ता गरिसकेका छन् । वैवाहिक कार्यक्रमलाई रोचक बनाउनका लागि सलमान र मलाइकाका अतिरिक्त प्रसिद्ध नृत्य निर्देशक हेलेनको समेत विशेष प्रस्तुति रहने छ । नृत्यको कोरियोग्राफीका लागि निम्त्याइएकी हेलेन आफैले पनि नृत्य गर्ने भए पनि कुन गीतमा नृत्य गर्ने भन्ने विषयमा अझै टुंगो लागेको छैन । मलाइका र सलमानले भने आफ्ना केही चर्चित
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.