यस्तो छ याहुकी हाकिम म्यारिसाको भव्य जिवनशैली
इन्टरनेट जाएन्ट याहुकी प्रमुख कार्यकारी अधिकृत म्यारिसा मेयरले शनिवार मे ३० मा ४० औँ जन्मदिन मनाइन् । सन् १९७५ मे ३० मा अमेरिकामा जन्मिएकी मेयर याहुकी सिइओ र अध्यक्ष पनि हुन् । क्यालिफोर्नियाको सनफ्रान्सिस्कोमा बस्ने मेयरको जिवनशैली निकै भव्य नहुने कुरै भएन । उनले लगाउने कपडा, घडी, गरगहना देखि लिएर उनको सबै लाइफस्टाइल निकै ऐशपूर्ण छ ।
म्यारिसाको मिल्ने साथीको रुपमा रहेका चर्चित हलिउड नायिकाहरु इबा लंगोरिया तथा क्यामरुज दियाजले भोग्सलाई केही समयअघि एउटा अन्तरवार्ता दिएका थिए । त्यसमा उनीहरुले आफ्नी मित्र म्यारिसाका लागि २० वटा काश्मिरी पहिरन खरीद गरेको बताएका थिए, जसको मूल्य प्रत्येकको झण्डै ३ लाख पर्छ । म्यारिसाले लगाउने घडी ओमेगा डे भिले ब्राण्डको हो । सुनबाट बनेकेा यो घडीको मूल्य २० हजार डलर अर्थात झण्डै २० लाख रुपैयाँ पर्छ । यति मात्र कहाँ हो र ? म्यारिसा र उनका पछि ज्याक ब्राग बस्ने आलिशान घर छ, जसको मूल्य ३ करोड ५० लाख डलर अर्थात् झण्डै साढे ३ अर्ब रुपैयाँ पर्छ । त्यस्तै म्यारिसाले बोक्ने गरेको कालो ह्याण्डब्यागको मूल्य ४ हजार डलर अर्थात् झण्डै ४ लाख रुपैयाँ पर्छ ।
नाच्ने शोख
म्यारिसा क्लासिकल नर्तकी पनि हुन् । भोग्सको रिपोर्ट अनुसार उनमा बच्चैदेखि नाच्ने शोख थियो । उनी अहिले पनि हप्तामा झण्डै ३५ घण्टा नाचेरै बिताउँछिन् । सायद नाचकै कारण होला, ४० वर्षको उमेरमा पनि उनको जिउडाल निकै फिट छ ।
गुगलदेखि याहु सम्म
म्यारिसा मेयरले याहु भन्दा अगाडि अर्को कम्पनी गुगलमा पनि काम गरिसकेकी छिन् । उनी गुगल म्याप, गुगल अर्थ, ज्यागेट तथा स्ट्रीट भ्यू लगायतका गुगलका स्थानीय तथा भौगोलिक सेवा सम्बन्धि विभाग सम्हालेकी थिइन् । सन् २०१४ मा फर्च्युन पत्रिकाले निकालेको ४० वर्षभन्दा कम उमेरका प्रभावशाली मान्छेको सूचिमा उनी छैटौँ स्थानमा परेकी थिइन् । उनी विश्वकी सबैभन्दा शक्तिशाली महिलाको रुपमा पनि छनोट भैसकेकी छिन् । पछिल्लो ५ वर्षमा म्यारिसाको तलब ११ करोड ७० लाख डलर अर्थात् ११ अर्ब ७० करोड रुपैयाँ रहेको छ । पछिल्लो केही वर्षयता उनी याहुमा आबद्ध छिन् ।
व्यक्तिगत जिवन
म्यारिसा मेयरको विवाह ज्याक ब्रगसँग सन् २००९ को डिसेम्बर १२ मा भएको हो । उनको कोखबाट सन् २०१२ सेप्टेम्बर ३० मा म्याकलिस्टर ब्रग नामका छोरा जन्मिए । म्यारिसा व्यवसायिका रुपमा जति सफल छिन् उनी सफल आमा पनि हुन् । अफिसबाट घर फर्किएपछि उनले छोरा तथा पतिलाई पर्याप्त समय दिन्छिन् । यद्यपि छोरालाई मिडियामा प्रचार गर्ने कुरातर्फ भने उनलाई रुची छैन ।
0 comments
Write Down Your Responses