ग्यारेजभित्र साथीको हत्या गर्ने विष्ट पक्राऊ

काठमाडौं । मैह्पीस्थित मोटर ग्यारेजमा सँगै काम गर्ने साथीको हत्यामा संलग्न उमेश विक्रम विष्ट (विज्ञान)लाई प्रहरीले पक्राउ गरेको छ ।
Umesh-Bikram-Bista-Bigyanयही साउन १ गते मैह्पीस्थित सागर अटोमोबाइलमा माली गाविस १ दोलखाका अन्दाजी २२ वर्षीय अशोक खड्काको विष्टले हत्या गरेका थिए ।
सोही दिन खड्का र विष्टले ग्यारेजभित्र बसेर सँगै रक्सि पीएका थिए । रक्सि खाँदा खाँदै विवाद भएपछि विष्टले खड्काको घाँटीमा गलले प्रहार गरी अण्डकोषसमेत चिरेर हत्या गरेका थिए ।
यस्तो छ विवादको कारण
ग्यारेजमा मर्मतका लागि ल्याइएको बा ३ च ५४११ नम्बरको पिकान्टो कारमा गेयर आयल हालेवाफत खड्काले मालिकसँग पैसा लिएका थिए । सो पैसा आफूले पनि पाउनु पर्ने दाबी विष्टले गरेपछि उनीहरुबीच विवाद भएको थियो । राति अन्दाजि साढे ९ बजेतिर सँगै बसेर रक्सि खाँदा खाँदै विवाद भएपछि हात हालाहाल समेत भएको थियो ।
त्यसपछि खड्काले ग्यारेजमा सँगै काम गर्ने पुष्प श्रेष्ठलाई फोन गरी विष्टसँग झगडा भएको जानकारी गराएका थिए । त्यसपछि आक्रोशमा आएका विष्टले खड्कालाई ग्यारेजमा भएको गलले प्रहार गरेका थिए । सो क्रममा ग्यारेजमै रहेको निसान गाडीको सिसासमेत फुटेको थियो । पहिलो प्रहारबाट बचेपछि खड्का निसान गाडीभित्र लुक्न गएका थिए । तर विष्टले गाडीको ढोका खोलेर गलले घाँटिमा हानेपछि खड्का बेहोस् भएका थिए । बेहोस भएका खड्कालाई बाहिर निकालेर विष्टले पुनः सोही गलले ५-६ पटक घाँटीमा रोपेका थिए । त्यति गरेपछि उनले कैंचीले खड्काको अण्डकोष चिरेको प्रहरीले जनाएको छ ।
भोलीपल्ट बिहान साढे ४ बजेतिर ग्यारेजबाट निस्किएर उनी माईक्रोमा चढी कान्छा दाई भन्ने सानुकान्छा वजुले काम गर्ने मकालु वर्कशपमा गइ बसेका थिए ।
विज्ञान भनिनेर उमेश विक्रम विष्ट यसअघि काठमाडौंको गैरीगाउँमा रामहरी आचार्यले संचालन गरेको वर्कशप तोडफोड गरेको घटनामा पक्राउ परी सार्बजनिक अपराध मुद्दामा सजाय भुक्तान गरिसकेका व्यक्ति हुन् ।
उनलाई प्रहरीको अपराध महाशाखाको टोलीले आइतबार पक्राउ गरेको थियो । विष्टलाई थप कानुनी कारवाहीका लागि महानगरीय प्रहरी वृत्त लैनचौर पठाइएको महाशाखाले जनाएको छ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.