मुम्बई हमलाका दोषी याकूबको पक्षमा उभिएपछि सलमान खानको चर्को विरोध

salman khan
बलिउड नायक सलमान खानले मुम्बई धमाकाका दोषी याकूब मेननको फाँसीको सजाय सुनाइएको बिषयमा शनिबार बेलुकी ५१ मिनेटमा १४ वटा ट्विट गरेका छन् । सलमानले एक निर्दोषलाई फाँसी दिनु मानवियताको हत्या गर्नु रहेको बताएका थिए । याकूब मेननलाई सन् २००७ सालमा विशेष अदालतले फाँसीको सजाँय सुनाएको थियो ।
जसलाई उच्च न्यायलय र सर्वोच्च अदालतले पनि निरन्तरता दिएको थियो । सलमान खानले गरेको ट्विटको आलोचना भएपछि उनका पिता सलिम खानले यस बिषयमा आफ्नो भनाई सार्वजनिक गरेका छन् । सलिम खानले भने-‘जुन मानिसलाई बिषयवस्तुको बारेमा जानकारी नै छैन, उसको विचारको कुनै अर्थ छैन ।’ सलिमले अगाडि भने-‘सलमान एक कलाकार हुन् यसैले उनलाई यो बिषयमा धेरै कुरा जानकारी छैन । सलमानले जुन ट्विट गरे त्यो अर्थहिन छ ।’ सलमानको ट्विटको बिषयमा सरकारी वकिल उज्ज्वल निकमले भने-‘सलमान खानले ट्विट फिर्ता लिनुपर्दछ । होइन भने उनलाई कानुनी कारवाही हुनसक्छ ।’ याकूब मेननको निर्दोष भन्नु गलत हो भन्दै सरकारी वकिलले सलमानले आफ्नो लोकपि्रयताको गलत फाइदा उठाएको आरोप लगाएका छन् । हरेक कुराका विवादमा पर्ने गरेका सलमान फेरि मुम्बई हमालामा दोषी ठहर्‍याइएका एक व्यक्तिको समर्थनमा उत्रिएर विवादमा परेका छन् । कसैले यसलाई सलमानको निजी विचार पनि भनेका छन् । सलमानको अहिले सामाजिक संजाल ट्विटरमा चर्को विरोध भैरहेको छ । सलमानको प्रदर्शनरत चलचित्र ‘बजरंगी भाइजान’को धेरै स्थानमा पोष्टर समेत च्यातिएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.