कास्कीको पहिरोमा मृतकको संख्या २३ पुग्यो

Pahiro At Kaski  2
१४ साउन, पोखरा । कास्कीको लुम्ले, भदौरेतामागी र ढिकुरपोखरी गाविसमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या २३ पुगेको छ । अन्य १८ जना घाइते छन् भने तीन जना वेपत्ता छन् ।
गएराति परेको पानीसँगै पहिरोले घर बगाउँदा लुम्ले गाविस ६ माझटारमा १६ जना, भदौरेतामागी गाविस ५ डुडाफाँटमा ५ जना र ढिकुरपोखरी गाविस ९ ठुलीचौरमा २ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा लुम्ले ६ का १० वर्षीय अर्जुन गुरुङ ७० वर्षीया रत्ना पौडेल, ८४ वर्षीया बसन्ती बि.क., ३२ वर्षीया चिजा बिक, १४ वर्षीया संझना बिक, १० वर्षीया सलिना बिक, ९ वर्षीय सुनिल बिक, २६ वर्षीया मन्जु सुनार र मन्जु सुनारकी ३ महिने छोरी सिमा रहेका छन् ।
Pahiro At Kaski
यसैगरी ३२ वर्षीया सुन कुमारी जि.सी., १० वर्षीय सुगम जिसी, ५ वर्षीय संगम जिसी, ५६ वर्षीय छिरिङ राई र छिरिङ राईको श्रीमतीको पनि पहिरोमा पुरिएर मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।
सोही ठाउँकै अन्दाजी ६५-७० वर्षीया खिमौरी वि.क र पदमी देवकोटाको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ ।
लुम्ले ६ की २० वर्षीया रिता देवकोटा, ८ महिने बालक नितेस देवकोटा र १८ वर्षीया जुना सुनार घाइते भएका छन् ।
Pahiro At Kaski 1
भदौरेतामागीमा ३ वेपत्ता
पहिरोमा पुरिएर भदौरे तामागी गाविस ५ का ६५ वर्षीय टिकाराम बि.क, ५५ वर्षीया रामकुमारी बि.क. ३१ वर्षीया गौरी पराजुली, ७ वर्षीय करण पराजुली र ६५ वर्षीय नन्दकली पराजुलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक देबीप्रसाद पौडेलले जानकारी दिए ।
पहिरोमा पुरिएर विश्व पराजुली, समिर पराजुली र मनबहादुर सुनार वेपत्ता छन् । उनीहरूको खोजी जारी छ । सोही स्थानका ८ महिला, ३ पुरुष र ३ महिलासहित १४ जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा शान्ति पराजुली, सबिना पराजुली, बिनोद बिक, नम्रता पराजुली, निरु पराजुली, अंजनी पराजुली, तुलसी पराजुली, माया पराजुली, बिमला बिक, खुशी बिक, कमल सुनार, अन्तिम सुनार, सुस्मा सुनार र सोनाम सुनार रहेका छन् ।
घाइतेमध्ये शान्ति, बिमला, विनोद, निरु र अन्जनीको अवस्था गम्भीर छ । उनीहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भैरहेको छ ।
घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन् । पहिरोमा पुरिएकाहरुको उद्धार गरी उपचारका लागि मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पुर्‍याइएको थियो ।
घटनास्थल पोखरा बजारबाट झण्डै ३० किलोमिटर टाढा पर्दछ ।
source:onlinekhabar

0 comments

Write Down Your Responses

Powered by Blogger.