श्रीमतीसँग सम्पर्क राख्दा मेरो यौन अवधि लामो हुन्छ ??

म ३६ वर्षको भएँ। विवाह भएको १० वर्ष भयो। श्रीमतीसँग सम्बन्ध सहज छ तर उनी महिनामा एकपटकभन्दा बढी सम्पर्कका लागि तयार हुन्नन्। मलाई भने साताको दुई पटक यौन सम्पर्क राख्नुपर्छ । त्यसैले मेरो एक जना एकल महिलासँग सहमतिमा यौन सम्बन्ध रहँदै आएको छ। मेरो समस्या ती महिलालाई थाहा छ । उनी मेरो घर बिगार्ने पक्षमा छैनन् किनभने हामी दुवैको स्वार्थ केवल यौन सम्पर्क मात्र हो। मेरो समस्या के हो भने श्रीमतीसँग सम्पर्क राख्दा मेरो यौन अवधि लामो हुन्छ, ती महिलासँग सम्पर्क राख्दा शीघ्रस्खलन हुन्छ। यसबाट उनी पनि पीडित छिन्। मैले केही औषधी पनि प्रयोग गरें, श्रीमतीको हकमा ती औषधिले राम्रै काम गरे पनि उनको हकमा औषधिले काम गर्दैन। पहिले एउटा समस्या थियो, अहिले दोहोरो समस्या छ, म के गरौं?


यौनका कुरा गर्दा यसका चरणहरूका बारेमा जानकारी राख्नुपर्ने हुन्छ। यौनसम्पर्क भनेको माया व्यक्त गर्ने, प्रतिबद्धता व्यक्त गर्ने माध्यम वा भनौं एकअर्कालाई केयरिङ गरिरहेको अभिव्यक्ति पनि हो। यौनका रहस्यमय पक्षका बारेमा थुप्रै अध्ययन-अनुसन्धान पनि भएका छन। यौन पूर्वका तयारी वा भनौं पूर्वाभ्यासबिना सीधै यौन सम्पर्कमा पुग्ने कुनै पनि मानिस खुसी हुँदैनन्। यो तथ्यलाई मैले पहिले पनि उल्लेख गरेकी थिएँ। यौन सम्पर्कका लागि सबैभन्दा महत्वपूर्ण पक्ष भनेको व्यक्ति त्यसका लागि तयार भएको अवस्था हो कि होइन? हो भने उक्त जोडीको यौन सम्पर्कलाई समाजले स्वीकृति दिन्छ कि दिँदैन? राज्यको कानुनले अनुमति दिन्छ कि दिँदैन? जस्ता थुप्रै प्रश्नको जवाफ खोज्नुपर्ने हुन्छ। त्यसपछिको दोस्रो चरणमा यदि ती सबै परीक्षाहरूमा उत्तीर्ण भैसकेको हो भने यौन सम्पर्कका लागि तयार भएका जोडीले यौनमय परिवेश निर्माण गर्न सकेका छन् कि छैनन् भन्ने कुरा थाहा पाउनुपर्ने हुन्छ। संसारमा मानिसहरूले बिभिन्न किसिमले यौन आनन्द लिइरहेका हुन्छन्। तीमध्ये यौनसम्पर्कका लागि तयार भएको जोडीले कुन विधि र प्रक्रियाबाट बढी सन्तुष्टि प्राप्त गर्न सकिन्छ भन्ने मानेका हुन, सबै पक्षको लेखाजोखा गरेपछि कुनै पनि जोडीले सन्तुष्टि प्राप्त गर्न थाल्छ। जस्तो कि यौनसँग सम्बन्धित विषयमा छलफल तथा कुराकानीहरू गर्नु, यौनका लागि आत्मियता कायम गर्नु, आपसमा माया र भावना साटासाट गर्नु, शारीरिक घर्षण गर्नु, चुम्बन, मसाज आदि गर्नु अर्को चरणका महत्वपूर्ण पक्ष हुन। अन्त्यमा यौन सम्पर्क गर्दै यसको चरमोत्कर्षमा पुग्ने बिधि हो। तर धेरैजसो मानिस यी सबै प्रक्रिया पार गर्दैनन् र चरम सन्तुष्टि पनि प्राप्त गर्न सक्दैनन्। यी सम्पूर्ण कुराको अभावमा मानिसहरूमा केही न केही त्रास, डर वा शंका-उपशंकाहरू हुन्छन र तिनले गर्दा यौन सम्पर्कबाट पूर्ण आनन्द प्राप्त गर्न कठिन हुन्छ। यसलाई मानिसका ब्यवहारजन्य समस्या भनिन्छ र यी मनोविज्ञानसँग पनि सम्वन्धित छन।

यौनसम्पर्कका क्रममा एउटा तहमा पुगेपछि स्खलन आवश्यक छ। दुवै जनालाई सन्तुष्टिको समान उचाइ प्राप्त हुँदा नै स्खलनको अवस्था आउँछ। सामान्य रूपमा भन्दा दुवैलाई यौन सन्तुष्टिको चरम अवस्थामा पुग्दा खास समस्या पनि आउँदैन। शीघ्रस्खलनको समस्या दुई जनाबीच फरक-फरक हुन्छ भने यसमा विशेषगरी माया गर्ने, त्यसलाई व्यक्त गर्ने र भावना साटासाट गर्ने बानीको कमी हो कि भन्ने बुझिन्छ। अर्को व्यवहारजन्य एवं मनोवैज्ञानिक कारणचाहिँ यौनका बारेमा कम ज्ञान, यौन सम्पर्कका बेला दिमागमा आउने चिन्ता तथा अन्य गलत सोच अनि बिभिन्न किसिमका डर त्रासजन्य कुराहरू हो। अस्वीकृत यौन सम्बन्धमा एकान्तपनको अभाव वा सामाजिक बन्धनको सीमाबाहिर जाँदा हुने विभिन्न किसिमका डर त्रासका कारण यौनमा चुर्लुम्म डुब्न नसक्ने अवस्था आउँछ। यस्तो बेलामा शीघ्रस्खलन हुनसक्छ।

शीघ्रस्खलनका बारेमा पनि थुप्रै अध्ययन भएका छन्। स्खलनका लागि आवश्यक समयावधिका बारेमा पनि थुप्रै अध्ययन भएका छन्। अध्ययनहरूले देखाएअनुसार आनन्दको चरम अवस्थामा पुग्नुअघिको समयावधि औसतमा ३ देखि ७ मिनट हुनु आवश्यक छ। केहीमा ७ देखि १३ मिनटसम्म लम्बिने गरेको छ। चरम आनन्दको अवस्थामा नपुग्दै अर्थात् अर्गाज्म प्राप्त हुने अवस्थाभन्दा पहिले यौनसम्पर्क १ मिनेट पनि टिकेन भने त्यसलाई शीघ्रस्खलनको अवस्था भनेर परिभाषित गरिएको छ। टेस्टोस्टेरोन हार्मोन बढी हुँदा पनि यस्तो स्थिति आउने तथ्यहरूले देखाएका छन। मधुमेहका रोगीहरूमध्ये केहीमा यौनांग उत्तेजना कम मात्रामा हुने कारणले पनि शीघ्रस्खलन हुने अध्ययनहरूबाट पत्ता लागेको छ। हाइपरथाइरोइडिज्म र शीघ्रस्खलनबीच पनि सम्बन्ध छ। हाइपरथाइरोइडिज्म भएका ७२ प्रतिशत मानिस शीघ्रस्खलनबाट पीडित भएका अध्ययनहरूले देखाएका छन। त्यसका लागि चिकित्सकसँग सम्पर्क राख्नुपर्ने हुन्छ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.