समलैंगिकताप्रति कलाकार

भारतको उच्चतम न्यायालयले अघिल्लो बुधबार आफ्नो एउटा महत्त्वपूर्ण फैसलामा दिल्ली उच्च न्यायालयको फैसलालाई उल्टाउँदै समलैंगिक सम्बन्ध अपराध भएको बताएको छ।
न्यायालयको यो फैसलापछि बलिउडका कलाकारहरूले आफ्नो प्रतिक्रिया व्यक्त गर्न टि्वटरको सहारा लिएका छन् र अधिकांशले उक्त फैसलाको विरोध गरेका छन्। अभिनेता रितेश देशमुखले यसलाई निकै गलत फैसला भएको बताएका छन् भने नायिका नेहा धुपियाले प्रतिप्रश्न गरेकी छिन्- प्रेम गर्नु कसरी अपराध हुनसक्छ? नायिका रिया सेनले पाखण्डले भरिएको समाजमा बस्नुको बेफाइदा भन्ने टिप्पणी गरेकी छिन् भने निर्देशक कुनाल कोहलीले यो फैसलाबाट आफू आश्चर्यचकित भएको बताएका छन्। कुनालले भनेका छन्— 'कानुनमा समय र व्यक्तिको इच्छाअनुसार परिवर्तन ल्याउनुपर्छ।’ मोडल तथा नायिका पूनम पाण्डेको भनाइ छ, 'कसैले माया गर्नु कसरी कानुनविरुद्ध हुनसक्छ?’ नायिका गीता बसराको भनाइ छ- 'यो कस्तो फैसला हो, जहाँ बलात्कारी खुलेआम घुमिरहेका छन् तर प्रेम गर्नेहरूलाई सजाय दिइँदैछ। के हामी साँच्चिकै २१ औं शताब्दीमै छौं?’ नायिका सेलिना जेट्लीको प्रतिक्रिया छ— 'कानुन नागरिकको सुरक्षाका लागि बनाइन्छ तर यो कानुनको उपयोग ब्ल्याकमेलिङ, गाली तथा अमानवीय व्यवहारका लागि भएको छ।’

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.