एसएलसीका निम्ति लोडसेडिङ हटाउन माग


काठमाडौं, पुस ६ - अनेरास्ववियुले नजिकिँदै गरेको एसएलसी परीक्षालाई लक्षित गरी लोडसेडिङ हटाउन सरकारको ध्यानाकर्षण गराएको छ । संगठनका अध्यक्ष किशोरविक्रम मल्लको नेतृत्व टोलीले शुक्रबार ऊर्जामन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै उक्त माग राखेको हो ।
'लोडसेडिङको प्रत्यक्ष असर परीक्षाका तयारी गरिरहेका विद्यार्थीहरूमा पर्ने भएकाले सरकार तथा सरोकारवाला निकायहरूको गम्भीर ध्यानाकर्षण गराउँछौं,' एसएलसी तथा क्याम्पसस्तरका विभिन्न तहका परीक्षामा समस्या परेको उल्लेख गर्दै ज्ञापनपत्रमा छ, 'लोडसेडिङका कारण विद्यार्थीहरूको पठनपाठनमा समस्या सिर्जना हुनेमात्र होइन, मनोवैज्ञानिक रूपमा समेत नकारात्मक असर पर्ने भएकाले तत्काल सहज वातावरण निर्माण गर्नु हुन माननीय ऊर्जा मन्त्रीज्यूसमक्ष जोडदार मागसहित यो ज्ञापनपत्र पेस गर्दछौं ।'

0 comments

Write Down Your Responses

Powered by Blogger.