यसले मेरो गर्भमा कुनै असर त गर्दैन?

म २२ वर्षीया गर्भवती महिला हुँ। मेरो यो पहिलो गर्भ हो। मेरो महिनावारी नियमित नभएकाले गर्भ रहेको थाहा नपाउँदै पिसाबको समस्याका कारण केही औषधि गरेकी थिएँ, तर यस्तो अवस्थामा औषधि सेवन गर्नाले गर्भस्थ शिशुमा असर पर्छ रे। अहिले म यही कुराले चिन्तित छु। यसले मेरो गर्भमा कुनै असर त गर्दैन? 

सी.के.

सामान्यतः गर्भावस्थामा धेरै औषधि सेवन गर्नु राम्रो होइन। कतिपय औषधिले गर्भको शिशुलाई असर गर्छ। त्यस्ता औषधिलाई टेराटोजेनिक औषधि भनिन्छ, तर सबै औषधि टेराटोजेनिक हुँदैनन्। तपाइर्ंले कुन औषधि सेवन गर्नुभएको हो स्पष्ट छैन, त्यसैले असर गर्छ कि गर्दैन, यसै भन्न सकिएन। तपाईले सेवन गर्नु भएको औषधि टेराटोजेनिक भए-नभएको पत्ता लगाउन सकिन्छ, तर केहि मात्रामा वा एक-दुई कोर्स टेराटोजेनिक औषधि सेवन गर्दैमा धेरै असर पर्छ भन्ने होइन। आफ्नो गर्भको शिशुको अवस्था थाहा पाउन नियमित गर्भ परीक्षण एवं भिडियो एक्स रे (अल्ट्रासाउन्ड) को मद्दत लिन सकिन्छ। चिन्ताले पनि गर्भमा असर गर्न सक्ने भएकाले चिन्ता लिनुभन्दा पनि प्रसूति विशेषज्ञसँग परामर्श लिनु उपयुक्त हुन्छ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.