अश्लील क्रियाकलापमा संलग्न दुई महिलासहित पाँच पक्राउ

असोज, गौशाला । महोत्तरीको श्रीपुर गाविस-१ स्थित एक घरमा अश्लील क्रियाकलाप गर्दै गरेका दुई महिलासहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा श्रीपुर१ का घरधनी २७ वर्षीया गुलाबिया देवी, वडा नं २ बस्ने ३० वर्षीया चन्दि्रकादेवी दास, ८ का ३० वर्षीय छोटु नदाफ, सम्सी ८ का २७ वर्षीय शङ्कर कापर र ९ का २४ वर्षीय भोला राम रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
गुलाबिया देवीले आफ्नै घरमा अश्लील क्रियाकलाप गर्दै गराउँदै गरेको जानकारीका आधारमा प्रहरी चौकी कठुधारबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई रङ्गेहात पक्राउ गरेको प्रहरी उपरीक्षक सौरभ राणाले बताए । उनका पति वैदेशिक रोजगारीमा छन् । रासस

,

0 comments

Write Down Your Responses

Powered by Blogger.