हेर्नुहोस् नेपाली हिरोइनहरुको ‘ब्वाईफ्रेण्ड’ ।

‘म कसैको प्रेममा छु’ भन्दै आएकी नायिका नीता ढुंगानाले फेसबुकमार्फत आफ्नो ब्वाइफ्रेन्ड सार्वजनिक गरिन् । नीता त फूलै फूलको मौसम तिमीलाई फिल्ममा आफूसँगै काम गरिरहेका अभिनेता अमेश भण्डारीको प्रेममा रहिछन् ।
‘प्रेम चोखो हुन्छ,फेरि साँचो माया गरेपछि किन लुकाउनु ?’ नीता भन्छिन्,‘त्यही भएर हामीले एक अर्काको सल्लाहमै प्रेम सार्वजनिक गरेका हौं ।’ बजारमा त नीता र अमरेशले कोर्ट म्यारिज गरिसकेको हल्ला समेत चलेको छ । तर उनीहरु यो कुरा स्वीकार गर्दैनन् ।
सगरमाथा आरोहण गरेर भन्दा आफ्नो प्रेमी सार्वजनिक गरेर नायिका निशा अधिकारीले बढी चर्चा बटुलिन् । केही समयअघि उनले पनि फेसबुकमार्फत आफू र क्रिकेटर शरद भेषवाकर गहिरो प्रेममा रहेको जनाउ दिएकी हुन् । प्रेम सार्वजनिक नगरुन्जेल सबैले चियोचर्चो गर्ने भए पनि अचेल भने उनीहरुबारे गसिप आउन बन्द भएका छन् ।
पूर्वमिस नेपाल मलिना जोशी र अभिनेता अनुपविक्रम शाहीको अफेयरको पनि चर्चा हुने गरेको छ । ऋतु फिल्ममा अभिनय गरेकी मलिना र मेरो माया तिमीलाई,द्रब्य र हँसियालगायत फिल्ममा अभिनेता अनुपबीच प्रेम फस्टाएको पनि धेरै भइसक्यो । उनीहरुको प्रेम जोडीले पनि तारिफ पाउन थालेको छ ।
एकताका निकट साथी अभिनेता भेपेन चन्द र अभिनेत्री सौजन्या सुब्बाले त घरजम नै जोडिसके । केही समयअघि निर्माता ,अभिनेता रोज राणासँग निकट रहेकी सौजन्याले भुपेनलाई आफ्नो जीवनसाथीका रुपमा रोजेकी हुन् । अभिनेता सबिन श्रेष्ठ र अभिनेत्री,मोडल तथा एअर होस्टेस नम्रता झाको लभ परेका र इन्गेजमेन्ट भएको पनि धेरै भइसक्यो । पछिल्लो समय नायिका रेखा थापाले आफू सुदर्शन गौतमको प्रेममा रहेको बताउँदै आएकी छन् । ‘सुदर्शनले अफर गरे त बिहे गर्थे,’ रेखा अचेल भन्छिन्,‘हात भएकाले त मलाई पीडा मात्र दियो । तर हात नभए पनि सुदर्शनले मलाई माया दिएको छ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.