अब परेवाको परिवार नियोजनका लागि गर्भनिरोधक चक्की !

pigeons1
शीर्षक पढ्दैमा अचम्ममा पर्नुभयो होइन ? पत्यार लागेन होला । तर नपत्याउनुपर्ने कुनै कारण छैन । किनकी मानिसलाई जस्तै अब परेवाका लागि पनि बजारमा गर्भनिरोधक चक्की आएको छ ।
हाम्रै देशमा कुकुर तथा मुसाको बन्ध्याकरणको बारेमा त हामीले सुनैकै हौँ । अब परेवाको पनि परिवार नियोजनका लागि अस्थायी साधनको प्रयोग सुरु भएछ भन्ने ठान्नुहोला । मन्दिर तथा घरतिर झुम्मिने परेवाको संख्या अब घट्नेभयो भन्ने सोँच्नुभएको होला । तर ढुक्क हुनुहोस् परेवाका लागि गर्भनिरोधक चक्कीको प्रयोग हाम्रो देशमा होइन, स्पेनमा सुरु भएको छ ।
स्पेनको बार्सिलोनस्थित बाडियाडेल भेलिस इलाकामा मानिसहरुले परेवाको संख्या नियन्त्रणगर्ने भन्दै तिव्रताका साथ परेवालाई गर्भनिरोधक चक्की खुवाइरहेका छन् ।
बार्सिलोना क्षेत्रमा पछिल्लो समयमा परेवाको संख्या निकै बढ्दा व्यवस्थापनमा समस्या हुनुका साथै सरसफाइमा पनि चुनौति थपिएको छ । परेवाले फोहोर गर्दा त्यहाँका भवन तथा सांस्कृतिक धरोहरमा पनि नोक्सान पुगेको बताइएको छ ।
साथै परेवाकै कारण त्यहाँ हवाइजहाज उडान तथा अवतरणमा पनि कहिलेकाहीँ समस्या उत्पन्न हुने गरेको छ । सोही कुरालाई ध्यानमा राखी परेवाको संख्या नियन्त्रण गर्ने भन्दै त्यहाँको स्थानीय सरकारकै सहयोगमा परेवालाई विशेष गर्भनिरोधक चक्की खुवाइएको हो । परेवालाई मकैको चारोमा मिसाएर गर्भनिरोधक औषधि खुवाइने गरिएको छ ।
ओभिस्टप नामको गर्भनिरोधक चक्की १० ग्राम खुवाएपछि पोथी परेवाले अण्डा कोरल्न असमर्थ हुन्छ ।
अधिकारीहरुले परेवा बढि हुने क्षेत्रमा हरेक दिन ३ वटा अटोम्याटिक डिस्पेन्सरको सहायताले गर्भनिरोधक औषधि चारोसँगै छर्ने गर्छन् ।
परेवालाई गर्भनिरोधक औषधि खुवाउने यो तरिका निकै प्रभावकारी हुने र सन् २०२० सम्ममा स्पेनमा परेवाको संख्या ८० प्रतिशतले घट्ने बताइएको छ ।
सामान्य प्रजनन क्रियाद्वारा एक जोडी परेवाले एक वर्षमा ४८ वटासम्म चल्ला पार्नसक्छ । यो दरमा प्रजनन हुँदा छोटै समयमा परेवाको संख्या विस्फोटक तरिकाले बढ्दछ ।
शान्तिको प्रतिक परेवाको परिवार नियोजन गर्ने यो काइदा तपाइँलाई कस्तो लाग्यो ?

0 comments

Write Down Your Responses

Powered by Blogger.