महिलाको पेटमा ४० बर्ष पुरानो भ्रुण !

समान्यतया एक महिलाको गर्भाधान समय ९ महिना जतिको हुन्छ । तर, ४० वर्ष पहिले गर्भवती भएकी एक महिला अहिलेसम्म आमा बन्न सकेकी छैनन् ।
कोलम्बियाको बोगाटामा बस्ने यी महिलाले ४० वर्ष पहिले गर्भधारण गरेकी थिइन । अचम्म त के भने उनको उमेर अहिले ८२ वर्षको भएको छ र अहिलेसम्म पनि उनी आमा बन्न सकेकी छैनन् । न त उनलाई गर्भधारण गरेको नै थाहा थियो । पेटमा दुःखाई बढेपछि हालै उनी डाक्टर कहाँ पुगेकी थिइन् । एक्सरे गरेर हेर्दा महिलाको पेटमा मरेको भ्रुण भेटिएको छ, त्यो पनि ४० बर्ष पुरानो ।
चिकित्सकहरुका अनुसार विश्वमा यस्तो केस सयौंमा एकाधमात्र भेटिन्छ । मेडिकल साइन्सको इतिहासमा अहिलेसम्म बिश्वभर यस्ता ३ सय घटना भेटिएका छन जहाँ महिलाले गर्भाधान गरेर पनि बर्षौसम्म बच्चा जन्माउन सक्दैनन् ।
चिकित्सकहरुका अनुसार गर्भाधानपछि बच्चा पाठेघरमा बस्नुपर्नेमा अन्यत्रै सरेपछि यस्तो समस्या हुने गर्छ । बच्चा अन्यत्रै सरेपछि मरेको र त्यो एक मृत मासुको पिण्डको रुपमा रहेको चिकित्सकहरुले जनाएका छन् ।
स्थानीय टेलिभिजनका अनुसार एक्स रे गर्दा उनको शरिरमा बच्चाको आकृतिको बस्तु देखिएको थियो । यी ८२ बर्षिय महिलाको शरिरबाट ४० बर्ष पुरानो भ्रुण हटाउन अहिले अप्रेसनको तयारी भइरहेको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.