फेवातालमा अड्केका तीनजनाको सशस्त्र प्रहरीद्वारा उद्धार

७ पुस, काठमाडौं ।  तीनजना यात्रु बोकेर फेवातालको वीचमा पुगेको डुंगा जालमा अड्किएपछि एपीएफ टोलीले उद्धार गरेको छ । आइतबार बेलुका स्थानीय तीनजना व्यक्तिहरु फेवाताल तर्न लगेको डुंगा जालमा अड्किएको हो ।
बेलुका करीब पौने ६ बजे उक्त घटना भएपछि सशस्त्र प्रहरी बल कालिका गण मालेपाटन पोखराबाट सशस्त्र प्रहरी नायव निरीक्षक प्रेमलाल चौधरीको कमाण्डमा विपद् व्यवस्थापन टोली उद्धारमा खटिएको थियो ।
एपीएफ टोलीले उनीहरुलाई सकुशल उद्धार गरेको हो । एपीएफ टोलीले उक्त डुंगामा यात्रा गर्ने कास्की पोखरा उपमहानगरपालिका–१ हरिचोक बस्ने १९ वर्षीय सुनिल भण्डारी, हेम्जा गाविस मिलन चोक बस्ने २४ वर्षीय झमकराज लामिछाने र सोही ठाउँका २४ वर्षीय राज बास्तोलालाई सकुशल उद्धार गरेको हो ।
फेवातालमा गौरीघाटबाट रातमाटातर्फ जाँदै गरेको अवस्थामा उनीहरु सारङकोट गाविस ६ रातोडाँडामा जालमा अड्किएका थिए ।      माछाको भूरा छेक्न उक्त जाल प्रयोग भएको बताइएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.