एउटै गाविसमा सयभन्दा बढी इन्जिनियर !

गोरखा । नेपालको एउटा गाविसमा सरदर कतिजना इन्जिनियर होलान ? ५, १० वा १५ जना ? तर गोरखाको पालुङटार नेपालको यस्तो गाविसमध्ये पर्छ जहाँ इन्जिनियरको संख्या एक सयभन्दा बढी छ । ‘ठ्याक्कै तथ्यांकचाँही कसैले तयार गरेको छैन, तर पालुंटार क्षेत्रमा इन्जिनियरको संख्या अहिले एक सय नाघिसकेको छ,’ सोही क्षेत्र घर भइ अहिले बूढीगण्डकी जलविद्युत आयोजना विकास समितिका अध्यक्षसमेत रहेका इन्जिनियर लक्ष्मी देबकोटा भन्छन्, ‘एउटै घरमा दुई जना, तीनजनासम्म इन्जिनियर छन् ।’ यहाँका इन्जिनियर देश र विदेशमा बराबरी जस्तै रहेको उनी बताउँछन् । यहाँका इन्जिनियर राष्ट्रिय योजना आयोगका उपाध्यक्षदेखि विभिन्न विभागका उपमाहानिर्देशकजस्ता ठूला पदमा छन् । राजनीतिज्ञ राजेश्वर देवकोटा, पूर्वमन्त्री विद्यादेवी देवकोटालगायतले बाटो देखाइदिएका कारण पनि यस क्षेत्रमा इन्जिनियर, डाक्टरको संख्या उल्लेख्य भएको लक्ष्मी देवकोटाको भनाई छ । ‘सबैभन्दा धेरै इन्जिनियर नै छन् । अनि कृषि प्राविधिक र डाक्टर पनि धेरै छन्’, देवकोटाले भनेको अन्नपूर्ण पोस्टमा खबर छ । यस क्षेत्रको नाम चलेको लुइँटेलस्थित अमरज्योति जनता उच्च माविमा युनाइटेड मिसन टु नेपालका भोलेन्टियर शिक्षकले पढाउने गरेको र उनीहरुले प्रत्यक्ष रुपमा इन्जिनियर र डाक्टर बन्न प्रेरित गरेको उनको भनाई छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.