‘एटीएम’को दाग पखाल्दै नायिकाहरु, भन्छन्-’हामीले हरेश खायौ’ -

source:onlinekhabar

नायिका सोनिया शर्मालाई प्रदर्शनमा आएको पहिलो चलचित्र ‘एटीएम’ले नै नराम्रो दाग लगाइदियो । चलचित्र भित्र उनले कस्तो दृश्य दिएकी थिइन् भन्ने कुराले भन्दा पनि चलचित्रको प्रदर्शन अगावै आएको भद्दा प्रोमोले भने उनको उदाउन लागेको करिअरलाई नै धमिलो बनाइदियो ।उसो त अभिनयका आधारमा उनको यो सिनेमा पहिलो भने होइन । उनले ‘अभियुक्त’ र ‘करामत’मा काम गरिसकेकी थिइन् । तर ‘एटीएम’ नै पहिला प्रदर्शनमा आएपछि उनलाई विभिन्न खालका आरोप पनि लागे । आज उनलाई यो सिनेमाले लगाएको दाग पखाल्न नै हैरानी भएको छ । यसपश्चात आफूले अश्लिल दृश्य भएका सिनेमा नखेल्ने कसम खाएको सोनियाले बताइन् । उनको हातमा यतिबेला सिनेमा त छन्, तर मिडियामा चर्चा छैन ।
उनले ‘एटीएम’ पश्चात ‘स्केप’, ‘गफै त होनी सोल्टी’, ‘बुलेट’, ढुङ्गेयूग’ र ‘छल’ सिनेमा गरिसकेकी छिन् । तर पनि आम चलचित्रकर्मी र दर्शक ‘एटीएम’की नायिका भन्ने वित्तिकै गलत सोचाई बनाउँछन् । यही कारणले उनलाई धेरैले सिनेमा पनि दिएका छैनन् भने चलचित्रकर्मी र दर्शकले पनि गतिलो नायिका भनेर भन्न सकेका छैनन् । ‘एटीएम’ सिनेमा खेलेर आफूले धेरै कुरा सिकेको बताउँदै सोनियाले अनलाइनखबरसँग भनिन्, ‘मैले सिने नगरीबाट नै हरेश खाएको छु । यस्ता सिनेमा नपच्ने रहेछ भन्ने थाहा पाए ।’ तर पनि एक पटक लागेको दाग हटाउन ठूलै कोशिश गर्नुपर्छ भन्ने उनलाई थाहा छ ।
‘एटीएम’मै सोनियासँग अभिनय गरेकी अर्की नायिका सविना कार्की पनि यतिबेला दर्शक र मिडियाबाट टाढा छिन् । उनले पनि ‘पंगा’, ‘छल’, ‘गलफ्रेन्ड’ नामक सिनेमा गरिसकेकी छिन् । ‘रफ्तार’ सिनेमाको छायांकन पनि चाडै सुरु हुन लागेको तर्क सविनाको छ ।
तर पनि उनलाई चलचित्रकर्मी र दर्शकले ‘एटीएम’ कै नायिका भनेर चिन्छन् र मुख खुम्च्याउछन् । यस्तो खालको सिनेमा खेलेर मन खिन्न भएको बताउँदै सविनाले आफूले धेरै कुरा वुझेको बताइन् । उनले पनि सिनेमा नगरीमा ‘एटीएम’ले लगाएको दाग मेटाउन आफू सक्दो प्रयासमा लागेको बताइन् । ‘एटीएम’ गर्दा बच्चा भएको बताउँदै सविनाले अहिले आफू यूवा अवस्थामा पुगेको बताइन् ।
‘एटीएम’कै अर्की नायिका जिया केसी पनि आफू उत्तेजक दृश्य दिन तयार नभएको बताउँछिन् । तर उनले अभिनय गरेका पछिल्ला सबैजसो सिनेमाले भने अश्लिल दृश्यका कारण चलचित्र सेन्सर बोर्डबाट हैरानी भोगिरहेका छन् । जीयाको हातमा पनि आज सिनेमा छैन । तर पनि उनले सविना र सोनियाले जस्तोे ‘एटीएम’ ले दाग लगाइदिएको कुरालाई भने अस्विकार गर्छिन् ।
नेपालमा अश्लिलताको पराकाष्ट बोकेका धेरै सिनेमाले दर्शकको साथ पाएका छैनन् । यसैले पनि अहिले यस्ता सिनेमा निर्माणमा कमी आइसकेको छ । तर पनि एउटा सिनेमाले दिएको नमिठो दाग मेटाउन नायिकाहरुलाई भने फलामको चिउरा चपाए जस्तै भैरहेको छ ।
 

,

0 comments

Write Down Your Responses

Powered by Blogger.