एमाओवादीका समानुपातिक उम्मेद्वार कुसवाहा पक्राउ


१ पुस, काठमाडौं । एकीकृत नेकपा माओवादीका समानुपातिकतर्फका उम्मेद्वार सियाराम प्रसाद कुसवाहा (फिरोज) लाई प्रहरीले सोमबार चितवनबाट पक्राउ गरेको छ । केही वर्षअघि वीरगञ्जमा भएको विश्व हिन्दु युवा संघका अध्यक्ष काशिराम तिवारीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले उनलाई पक्राऊ गरेको हो । २८ वर्षीय फिरोज एमाओवादीको समानुपातिकतर्फको सूचीमा १६७ नम्बरमा रहेका छन् । उनी एमाओवादी नेता प्रभु साह मन्त्री भएका बेला स्वकीय सचिवसमेत बनेका थिए ।

0 comments

Write Down Your Responses

Powered by Blogger.