वैदेशिक रोजगारीको नाममा लाखौं ठगी गर्ने भिमप्रकाश पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीको नाममा मानव बेचबिखन एवंम लाखौं ठगी गर्ने भीमप्रकाश रोका मगर पक्राउ परेका छन् । केन्द्रिय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले भीमप्रकाशलार्इ सुनसरी धरानबाट पक्राउ परेको हो ।
डेनमार्क लगायतका मुलुकमा आकर्षक रोजगारी लगाई दिने प्रलोभन देखाई राजेन्द्र प्रसाद चौधरीसमेतबाट २८ लाख ३५ हजार रकम ठगी गरेको मुद्दामा वैदेशिक रोजगार न्यायाधिकरणले गत चैत २० गते रोल्पा कोटगाउं-६ का भीमप्रकाशलार्इ ३ वर्ष ६ महिना कैंद र ३ लाख जरिवानाको फैसला सुनाएको थियो ।
प्रारम्भिक अनुसन्धानबाट उनले काठमाडौंको ईचङ्गुनारायण १ का रत्न बहादुर लामा, विरमान तामाङ, रामकोटका शैलेन्द्र लामा, गोरखा थालाजुङका को जीवन देवकोटासहसत ९ जनालाई चाईना हुंदै रसिया लैजाने र त्यहाँ ३ देखि ६ महिना सम्म होटेल रेष्ट्रुरेन्ट सम्वन्धी तालिम गरि युरोपेली देशमा रोजगारी दिने भन्दै ३६ लाख ५० हजार रकम लिएको खुलेको छ ।
मंसिर १० गते फ्लाइट छ भन्दै ९ जनालार्इ त्रिभुवन अन्तराष्ट्रिय विमानास्थलमा बोलाएर भीमप्रकाश सम्पर्कविहीन भएका थिए । उनलार्इ महानगरी प्रहरी परिसर हनुमानढोकामा ठगी मुद्दाको कसुरमा थप अनुसन्धान एवंम आवश्यक कारवाहीको लागी पठाईएको छ ।
भीमप्रकाशलाई मानव बेचबिखन तथा ओसारपसार एवंम वैदेशिक रोजगार सम्वन्धी कसुरमा समेत कारवाही चलाउने तयारी गरिएको सीआईबीले जनाएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.