गगनले धाँदली गरेको भन्दै पासाङद्वारा अदालतमा उजुरी


२० मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ मा गगन थापाले धाँदली गरेर चुनाव जितेको भन्दै एमाओवादीका उम्मेदवार नन्दकिशोर पुन पासाङले बिहीबार संविधानसभा अदालतमा उजुरी दिनु भएको छ । धाँदली गरेर आफूलाई हराइएको भन्दै पुनले उजरीमा थापालाई सभासदको सपथ नगर्न नगराउन अन्तरिम आदेश र काठमाडौं ४ मा पुनः निर्वाचनको माग गर्नु भएको छ । उजुरीमा ४२ हजार २ सय २३ मत खसेको भनिएपनि ४५ हजार ३ सय ८१ गनाणा गरि परिणाम घोषणा गरिएको, केही बुथमा खसेको भन्दा बढी, केहीमा कम मत गणना भएको, विभिन्न केन्द्रको मतपेटिकामा लेखिएको मतदान केन्द्रको नाम नै फरक रहेको बाकसको मत गणना गरिएको दावी गर्नु भएको छ । बिहीबार नै दोलखा १ मा विजयी एमालेका पावर्त गुरुङले धाँदली गरेको भन्दै कांग्रेसका जिपछिरिङ शेर्पाले उजुरी दिनु भएको छ । मोरङ ४ मा विजयी एमाओवादीका शिवकुमार मण्डलविरुद्ध कांग्रेसका गयानन्द मण्डलले पनि उजरी दिनु भएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.